–महिला खबर–
काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक बस्दै आएका एक युवालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय दिनेश गुरुङ रहेका छन् । दिनेशले गत माघ २७ गते कागेश्वरी मनोहरा नगरपालिका–८ घर भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरि फरार रहेको प्रहरीले जनाएको छ ।
यसैगरी रोल्पाको रुन्टिगढी–३ जवाङ का १९ वर्षीय दिलिप घर्तीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
दिलिपले सोही ठाउँ बस्ने २८ वर्षीया महिलालाई गाउँकै किराना पसलबाट सामान किनी फर्कने क्रममा कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
Comment Here!