कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री


प्रकाशित मिति :2018-02-18 16:43:19

–महिला खबर–

ललितपुर । कम्युनिष्ट भन्ने बित्तिकै छोइ छिटो गर्ने समाजमा कम्युनिष्ट पार्टीको विजारोपण गरेकी माया भट्ट प्रदेश नम्बर सातको मन्त्री भएकी छन् ।

बैतडीकी द्वारीकादेवि ठगुरानी २०१६ सालमा एसियाकै पहिलो महिला मन्त्रि बनेकी थिईन् । प्रदेश नम्बर सातको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट बैतडी जिल्लाबाट मन्त्री बन्ने दोस्रो महिला हुन् ।

नेकपा एमाले प्रदेश नम्बर ७ को समानुपातिक सूचिबाट सांसद बनेकी भट्ट बैतडी जिल्लामा लुकी लुकी कम्युनिष्ट पार्टीको सदस्यता वितरण गर्ने संस्थापक नेता हुन् ।

जिल्लाकी अगुवा महिलाको समेत पहिचान बनाएकी ५२ वर्षीया भट्ट देशले चार पटक प्रधानमन्त्री पाएको बैतडी जिल्लामा व्याप्त जातिय छुवाछुत, कुरीति, कुसंस्कार, भेदभाव र थिमोमिचोलाई चिर्दै आजको अवस्थामा पुगेकी हुन् । अन्याय र अत्याचार अन्त्यका लागि सधै क्रियाशील उनी २०४६ सालको आन्दोलनबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेकी थिइन् ।

कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै विरोध गर्ने समाजमा त्यही पार्टीको सिद्धान्त अंगालेर गाउँगाउँमा गई महिला र पुरुषलाई संगठित गरेकी भट्ट मन्त्री भएपछि जिल्लावासी खुसी भएको बैतडीका पत्रकार नरेन्द्र भट्टले बताए ।

घरधन्दामा मात्रै सिमित महिलालाई पार्टीमा सक्रिय गराई विभेदका विरुद्ध र समानताको पक्षमा मायाले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको नरेन्द्रको भनाइ छ ।

२०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक रहेर काम गरेकी भट्टकै देनका कारण जिल्लाका अन्य महिलाहरूलाई समेत राजनीतिमा लाग्न प्रेरणा मिलेको सांसद दामोदर भण्डारी बताउँछन् ।

२०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य बनेकी भट्टसँग स्थानीय निकायमा काम गरेको समेत लामो अनुभव छ । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् ।

‘पार्टीले मेरो योगदान हेरेर दिएको जिम्मेवारीलाई सफलताका साथ निर्वाह गर्छु,’ मन्त्री भट्टले महिला खबरसँग भनिन्, ‘यो समग्र प्रदेशका महिलाहरूको लागि खुसीको कुरा हो । महिलाको विकासका लागि मैले मेरो स्थानबाट गर्नुपर्ने र हुन सक्ने काम निर्धक्कसँग गर्नेछु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: