–महिला खबर–
काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र गाँजा बिक्री–वितरणमा रोक नलगाउनुको कारण सरकारसँग लिखित जवाफ मागेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
यसअघि गत माघ २८ गते अधिवक्ता यज्ञमणि न्यौपानेले हिन्दुहरुको आस्थाको केन्द्र पुशपतिनाथ मन्दिर क्षेत्रमा कानुनले बिक्रीका लागि प्रतिबन्ध लगाएको गाँजाको सेवन गर्ने तथा नाङ्गा बाबाहरुले महिला र बालबालिकामाथि अभद्र व्यवहार गर्ने भन्दै सर्वोच्चमा रिट हालेका थिए ।
रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ मगाउने आदेश गरेको हो । रिटमा शिवरात्रिमा रुढिवादी सोचका कारण नाङ्गा बाबा ल्याई लिंग प्रदर्शन गराउने कार्यले महिला तथा बालबालिकामाथि अश्लील कार्यहरु हुने गरेको बताइएको थियो ।
शिवरात्रिको लागि आदेश माग गर्दै रिट दायर भएकोमा शिवरात्रि सकिएको भन्दै अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको बताइएको छ ।
यो पनि हेर्नुहोस्
Comment Here!