श्रीमानले श्रीमती मारे, नाबालक दुई छोरी सहाराविहीन


प्रकाशित मिति :2018-02-19 12:27:22

–महिला खबर–

प्यूठान । श्रीमानले श्रीमतीको हत्या गरेपछि प्यूठानमा दुई नाबालक छोरीहरू अभिभावकविहीन भएका छन् । आमाको हत्या गरेको आरोपमा बुबा थुनामा परेपछि छोरीहरू सहाराविहीन भएका हुन् ।

प्यूठान नगरपालिका १ खैराकोटका गिरबहादुर सार्कीले आज विहान सात बजेको समयमा श्रीमतीको हत्या गरेपछि एक वर्ष र तीन वर्षकी नाबालक छोरीहरू सहाराविहीन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी राजेन्द्र पोखरेलले बताए ।

गिरबहादुरको घरमा अरु कोही छैनन् । श्रीमतीको हत्या गरि घरबाट फरार भएका गिरबहादुरलाई प्रहरीले चेक प्वाइन्ट थापेर खोजी गरेपछि केहि बेर अघि प्यूठानकै चेरनेताबाट पक्राउ गरि थुनामा राखेको डीएसपी पोखरेलले महिला खबरलाई बताए ।

प्रहरीको पक्राउमा परेका सार्की श्रीमतीको हत्या गरेको पश्चातापमा धेरै रोइरहेको र उनले केही कुरा नबताइरहेका कारण घटना के कारणले भयो भन्ने पत्ता लाग्न नसकेको पनि पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली अहिले घटना स्थल पुगेर घटनाको मुचुल्का उठाइरहेकोले विस्तृत विवरण आउन बाकी रहेको उनको भनाइ छ ।

‘दुई नाबालिकाको संरक्षक को हुने भन्ने बारेमा प्रमूख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ’ डीएसपी पोखरेलले महिला खबरसँग भने, ‘यो समाचार पढेर कसैले नाबालिकाको संरक्षणको जिम्मा लिएको भए राम्रो हुन्थ्यो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: