संरक्षणमा रहेकी चेलीको विवाह


प्रकाशित मिति :2018-02-19 12:56:42

–महिला खबर–

चितवन । मानव बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागि कार्यरत संस्था चेली नेपालले आफ्नो संरक्षणमा रहेकी चेलीको वैवाहिक कार्यक्रम सम्पन्न गरेको छ ।

चेली नेपालको भरतपुर चितवनस्थित तालिम केन्द्रमा तालिम पश्चात व्यवसाय गरिरहेकी शिला(परिवर्तित नाम) को एक कार्यक्रमका बिच विवाह गरिदिएको हो ।

हिंसा प्रभावित र संभावित चेलीहरुका लागी सिपमूलक तालिम र तालिम पश्चात व्यवसाय सहित पुनस्र्थापनाको काम गर्दै आएको चेली नेपालले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको बताएको छ ।

अभिभावकत्वको अभावमा बेचबिखनका साथै हिंसाको शिकार हुने गरेका चेलीहरु पुनस्र्थापना पश्चात पनि पुन हिंसामा पर्ने गरेकाले चेली नेपालले वैवाहिक पुनस्र्थापनाको कार्यक्रम सुरु गरेको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

प्रभावित चेलीहरुको दिगो पुनस्र्थापनाका लागि वैवाहिक पुनस्र्थापना उचित र दिर्घकालिन विकल्प भएको उनले जानकारी दिए ।

सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका रुपमा भेटघाट गर्ने र विवाहको चाँजोपाँचो मिलाउने काम गरेको हो ।

विवाह पश्चात पनि हाम्रा चेलीहरुले विवाह पहिले जस्तै आफ्नो व्यवसायलाई संचालन गर्न सकुन् भनेर केटा पक्षसँग कुराकानी गरेपश्चात मात्र विवाह तय गरिएको चापागाँईले जानकारी दिए । ‘विवाह पश्चात जीवन साथीबाट व्यवसाय संचालनमा सहयोग होस् भन्नका लागि कुराकानी गर्ने क्रममा नै हामीले हाम्रा नानी र उनले गरिरहेको व्यवसायको बिषयमा जानकारी दिएका थियौ’ चापागाँइले भने ।

महिला हिंसा न्युनिकरणका लागि महिलालाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउनु पहिलो कदम भएकाले वैवाहिक पुनस्र्थापना र विवाह पश्चात व्यवसायलाई निरन्तरता दिने वातावरण बनाउनका लागि संस्थाले पहल गरिरहेको उनले जानकारी दिए ।

चेली नेपालको भरतपुरस्थित तालिम केन्द्रमा तालिम पश्चात ३८ जना चेलीहरुले देशका विभिन्न जिल्लामा व्यवसाय संचालन गरिरहेका छन् । संस्थामा अहिले १४ जना चेलीहरुले सिपमुलक तालिम लिईरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: