आफ्नै साथीलाई बलात्कार गर्ने तीन आरोपी पक्राउ


प्रकाशित मिति :2018-02-19 13:39:32

भारत । गत मंगलबार भारतको कलकत्तामा एक किशोरी आफ्नै साथीहरूबाट बतात्कारको शिकार भईन् । तीन जना युवाहरूले नरेन्द्रपुरको राथतलामा अवस्थित एक घरमा उनको बलात्कार गरेका हुन् । ती मध्ये दुई जना त ती किशोरी कै साथी हुन् । पीडित किशोरीका आफन्तले दाबी गरेअनुसार उनीहरूले बलात्कार पछि हत्याको प्रयास गरे । यद्यपि ती मध्ये एक जना युवकका काका त्यो दिन समयमै घर फर्केकाले उनी बाच्न सफल भईन् । र सबै अभियुक्तहरू गिरफ्तार भैसकेका छन् ।

पीडित किशोरीकी दिदीले भनिन, ‘मंगलबार बेलुका ४ बजेतिर मनिकापुर स्थित घरमा बहिनी ट्यूशन पढ्न जाने तयारी गर्दैगर्दा उनलाई एउटा फोन कल आयो र उनले कुरा गरिन् । त्यसपछि बहिनी उनी कहाँ जादैछ्नि भन्ने कुराको जानकारी कसैलाई पनि नदिएर हतारमा बाहिर निस्किइन् । बेलुकाको ७ बजेतिर एक जना अज्ञात व्यक्तिले फोन गरे र उनी दुर्घटनामा परेको जानकारी दिए । ती फोन गर्ने व्यक्तिले हामीलाई घटना घटेको घरको ठेगाना पनि बताए । र हामीले उनि अचेत अवस्थामा रहेको भेट्यौ । उनको नाकबाट रगत बगेको देखिन्थ्यो, हातमा, खुट्टामा निकै ठाउँ कोरिएको, चोट लागेको र रगतका दागहरू प्रस्टै देखिन्थे । यी सबै कुरा हेर्दा उनलाई मार्ने प्रयत्न गरिएको थियो भन्ने लाग्दछ ।’

यो घटनाको सोनामपुर प्रहरीले अनुसन्धान गरिरहको छ । प्रहरीका अनुसार २१ वर्षीया आघ्या दास भन्ने उनको साथीले फोन गरि सामान्य जमघट गर्न बोलाएको रहेछ । उनले उक्त कुरामा कुनै सङ्का नगरि गईन् । उक्त पार्टी साथी उत्पलको काकाको घरमा आयोजना गरेका रहेछन् । त्यहाँ अर्को एक जना तमोजित मित्र जो दास र उत्पलका साथी पनि थिए । मिश्रसँग ती किशोरीको परिचय गराए । त्यसपछि उनलाई केहि लागुपदार्थ मिसाईएको जुस दिए र उनीहरूले मादक पदार्थ सेवन गरे । केही मात्रा पिए तगत्तै उनी बेहोस भईन र उनीहरू तीनै जनाले पालैपालो बलात्कार गरे । ७ बज्न केहि समय बाँकी हुँदै उत्पलका काका घर आईपुगे जो उत्पलका लागि अप्रत्यासित थियो । किनकि उ निश्चिन्त थियो कि उसका काका ढिलो नै आउछन् भन्ने कुरामा । र काका आउदा उ चुरोट लिन बाहिर निस्किएको थियो ।

ढोकाको घण्टि धैरे बजेपछि मित्रले ढोका खोले र उत्पलको काका भित्र पस्न लाग्दा को हो भनि प्रश्न गरेका थिए । किनकि उनलाई मित्रले चिनेका रहेनछन् । त्यस पछि उनी त्यहाँ बाट भागे । उत्पलका काकाले सुत्ने कोठामा पार्टीको सेटिङ देखे र बिस्तारै जोडिएकै शौचालयमा गए जहाँ उनले एक घाईते अवस्थामा एक किशोरीलाई देखे । उनलाई उनकै दुपट्टाले बाधिएको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरे । र मोबाइलमा परिवारका सदस्यको फोन नम्बर खोजे र घटनाको जानकारी गराए ।

पीडितकी दिदी भन्छिन, ‘हामी हतारमा बहिनीलाई भट्न अस्पताल गयौं । बहिनीको हालत हेर्दा यो पहिल्यै योजना बनाई गरिएको अपराध हो । प्रमाणहरू नष्ट गर्न उनीहरूले बलात्कार गरिसकेपछि बहिनीको कपडा समेत बद्लेछन् । मेरो बहिनीले सेवन गरेको पेय पदार्थको रित्तो भाँडो र गिलासमा रहेको बाँकी पेय पदार्थ प्रहरीले घटना स्थलमा पाएका रहेछन् । अन्ततः दास, उत्पल, र मित्र तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: