बलात्कारको घटना मिलापत्र गर्नेलाई के हुन्छ कारवाही ?


प्रकाशित मिति :2018-02-19 16:59:00

–महिला खबर–

ललितपुर । बालिका बलात्कारको घटना मिलाउन खोज्ने वडा अध्यक्षलाई बलात्कारको मतियारको रुपमा मुद्दा चलाउन सकिने व्यवस्था रहेको छ ।

नेपालको विद्यमान कानूनले सरकारवादी फौजदारी मुद्दामा मेलमिलाप गर्न नपाईने व्यवस्था गरेको छ । यद्यपि निर्वाचित जनप्रतिनिधिले मेलमिलाप गरेमा कस्तो कारबाही हुन्छ भन्नेबारे प्रष्ट व्यवस्था छैन ।

नेपालको विद्यमान कानूनले बलात्कारमा मेलमिलाप गर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको छैन’ नेपाल बार एशोशियसनकी उपाध्यक्ष उषा मल्लले भनिन्, ‘मुलुकी ऐनको जबरजस्ती करणीमा मद्दत गर्ने मतियारको रुपमा भने मुद्दा चलाउन सकिन्छ ।’

मुलुकी ऐनको जबरजस्ती करणीको महल ४ ले जबर्जस्ती करणी गर्ने भएको कुरा जानी थाहा पाई हूल गरी सँग लागि जाने समाउने र सो काममा मद्दत दिनेलाई जनही तीन वर्षसम्म कैद हुने र सोह्र वर्ष मुनिकी स्वास्नीमानिसका सम्बन्धमा भने दोब्बर सजाय हुने व्यवस्था गरेको छ ।

इटहरी उपमहानगरपालिकामा गएको पुस १७ गते १४ वर्षकी बालिकामाथि भएको सामूहिक बलात्कारको मुद्दामा सोही उपमहानगरपालिकाको वडा नम्बर २० का अध्यक्ष मणी श्रेष्ठ सहित साक्षी बसेर आर्थिक लेनदेनमा मिलापत्र गराएका थिए ।

घटना सार्वजनिक भएपछि श्रेष्ठ सम्पर्क बाहिर छन् । प्रहरीले अभियोगमा संलग्न भनिएका मनिष भनिने जीवन श्रेष्ठ र जाकेम लिम्बुलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख नारायण चिमोरियाले जानकारी दिए । मेलमिलापमा संलग्न जनप्रतिनिधिका बारेमा भने अनुसन्धान भइरहेको उनले बताए ।

‘उहाँले थाहा नपाएर साक्षी बसें भन्नुभएको भन्ने सुनेको छु’, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले महिला खबरसँग भने, ‘घटनायता उहाँसँग भेटघाट भएको छैन । उहाँसँग भेट नभइ हामीले केही धारणा बनाउन सक्दनौं ।’

यता, इटहरी उपमहानगरपालिकाले जवरजस्ती करणी जस्तो जघन्य अपराधमा संलग्न भनिएका आफ्ना वडा अध्यक्षको विषयमा अहिलेसम्म केही धारणा सार्वजनिक गरेको छैन ।

‘उहाँले थाहा नपाएर साक्षी बसें भन्नुभएको भन्ने सुनेको छु’, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले महिला खबरसँग भने, ‘घटनायता उहाँसँग भेटघाट भएको छैन । उहाँसँग भेट नभइ हामीले केही धारणा बनाउन सक्दनौं ।’

वडा अध्यक्ष श्रेष्ठ भने वडा सदस्य रामबहादुर गिरीलाई कार्यबाहक अध्यक्ष दिएर सम्पर्क बाहिर छन् । महिला खबरलाई प्राप्त अध्यक्ष श्रेष्ठको मोबाइल नम्बर ९८५२०५९४७७ भने स्वीच अफ गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: