इन्सेक भन्छः राज्य पक्षबाटै ८६ महिला पीडित


प्रकाशित मिति :2018-02-19 17:17:00

–महिला खबर–

काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पछिल्लो समय बलात्कारका घटनामा मिलापत्र हुने गरेको भन्दै आर्थिक प्रलोभनमा परेर यस्ता घटनामा मिलापत्र गर्न नहुने बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८’को विमोचन गर्दै प्रमुख अतिथि कार्कीले बलात्कारका घटनाले मुलुक कहाँ पुगेको छ भन्ने थाहा हुने बताइन् ।
उनले भनिन् ‘कतिपय देशमा मैले भ्रमण गर्दा मध्ये रातमा महिलाहरू हिँडिरहेको देखेको छु । नेपालमा यस्तो अवस्था कहिले आउने ? यहाँ कुनै अधिकार छैन् ।’ कार्कीले प्रहरीले बलात्कारका घटनालाई मिलापत्र नगरी पीडकलाई कानूनी दायरामा ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रपतिका राजनीतिक विज्ञ एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले अहिले देशको राजनीतिमा धेरै महिलाहरू आइरहेको भन्दै महिलालाई थप चुनौती थपिएको बताए । उनले भने, ‘पितृसत्तालाई महिलालाई कसरी असफल पारौ भन्ने सोच आएको बताए ।’

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले यो वर्ष पनि मानव अधिकार उल्लंघनका घटनामा कमी आउन नसकेको बताए ।

कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष डा. प्रकाश भट्टराईले पुस्तकको समिक्षा गर्दै करिब ७० प्रतिशत मानव अधिकार उल्लंघनका घटना घटना महिला एवम् बालबालिकाहरू माथि हुने गरेको बताए । राज्य महिला र बालबालिकाप्रति संवेदनशिल हुनुपर्ने भट्टराईको भनाइ थियो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले पुस्तकको बारेमा प्रकाश पार्दै यस वर्ष पनि महिला तथा बालबालिकामाथि हुने अधिकांश घटनाको मिलापत्र हुने गरेको बताए ।

राज्य पक्षबाट ८६ महिला पीडित

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१७ मा राज्यबाटै ८६ महिला पीडित रहेको पाइएको छ । यस्तै गैरराज्य पक्षबाट ४ हजार ५ सय ७९ महिला सहित ६ हजार २ सय ८२ जना पीडित रहेका छन् ।

सन् २०१७ मा बलात्कारका घटनामा २ सय ६५ जना, बोक्सी आरोपमा ३३ जना, यौन दुव्र्यवहारमा ४४, बलात्कार प्रयासका घटनामा १ सय २२, बेचबिखन प्रयासका घटनामा ७३ र बेचबिखनका घटनामा ४० जना महिला पीडित भएको इन्सेकले जनाएको छ ।

यस्तै इन्सेकले गरेको ७७ जिल्लाका प्रहरी कार्यालयमा रहेका महिला तथा बालबालिका सेवा केन्द्रको अनुगमनका क्रममा अधिकांश घटना मिलापत्र हुने गरेको पाइएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: