राष्ट्रियसभा सदस्यमा बिमला मनाेनित


प्रकाशित मिति :2018-02-20 10:34:34

-महिला खबर-

ललितपुर । राष्ट्रियसभा सदस्यमा डा. बिमला राई पौड्याल सहित ३ जना मनाेनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मनोनयन गरेकी हुन् ।

मन्त्रीपरिषद्को मंगलबार बिहान बसेको बैठकले पौड्याल सहित डा. युवराज खतिवडा र रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियाे ।

राष्ट्रिय सभा सदस्यमा सिफारिस पौड्याल राष्ट्रपतिकोे विकास मामिला स्वकीय सचिव थिइन् । त्यसअघि राष्ट्रिय योजना आयोगको सदस्य समेत भइसकेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मनोनयन गरेकी हुन् ।

सन् २००८ मा नेदरल्याण्डको इन्ष्टिच्यूट अफ सोसल स्टडी हेगबाट विकास अध्ययनमा पिएचडी गरेकी पौड्यालले बेलायतबाट ग्रामिण विकासमा स्नातकोत्तर, कृषिमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी छन् ।

 यसैगरी खतिवडा पूर्व गर्भनर एवं राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष पनि हुन् भने विडारी कानून व्यवसायी हुन् । यसअघि शेरबहादुर देउवा सरकारले सिफारिस गरेको ३ जनाको नाम रद्ध गरि मन्त्रीपरिषद्ले ३ जनाको नाम सिफारिस गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: