–प्रकाश पार्की–
डडेल्धुरा । अधिकांश पढेलेखेका युवायुवतीहरुको उद्देश्य हुन्छ, जागिर । आजभोलिका पढेलेखेका व्यक्ति प्रायःजागिरकै लागि भौतारिरहेका हुन्छन् ।
तर, कोही व्यक्ति यस्ता पनि छन् जो जागिर छोडेर कुनै न कुनै व्यवसाय गरिरहेका छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी । उनी विगत ८ महिनादेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडाकमा व्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छिन् । बैतडीको सिगास गाउँपालिका वडा नं. २ धौलाडी उनको घर हो ।
उनी अहिले डडेल्धुराको अमरगढी नगरपालिका ४ मा बस्छिन् । उनीसँग एक दशक विभिन्न संघसंस्थाहरुमा काम गरेको अनुभव छ । २०६२ सालदेखि २०७३ सालसम्म विभिन्न संघसंस्थामा काम गरेको उनले बताइन् । ‘दुईवर्ष नेपालगञ्जमा काम गरे ।’ उनले भनिन्, बाँकी समय मैले बझाङमा जागिर खाएको हुँ ।’
अहिले भने आफ्नै व्यवसाय थालेकी कान्ति बिहान १० देखि बेलुकी ६ बेजसम्म ब्यूटिपार्लरमै व्यस्त हुन्छिन् । आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् । दैनिक २ हजारभन्दामाथि आम्दानी भइरहेको उनले बताइन् । घरखर्च कटाएर मासिक ३० हजारभन्दा बढी बचल गर्ने गरेको जोशीले सुनाइन् ।
‘महिना यति नै कमाइ हुन्छ भन्ने त छैन्, तर पनि मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु ।’ उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु । दुईजना बच्चाहरुको स्कुल खर्चपनि यो व्यवसायबाटै धानेकी छु ।’
श्रीमानको प्रेरणाले आफूले यो व्यवसाय सञ्चालन गरहेको उनको भनाइ छ । ‘पहिले त म एनजिओ आइएजिओमा काम गर्ने मान्छे हो ।’ जोशीले भनिन्, पछि साथीहरुले प्रेरणा दिनुभयो, त्यसमाथि पनि मेरो श्रीमान र परिवारका सदस्यहरुको प्रेरणाले व्यवसायी बनें ।’ उनका श्रीमान खलंगा वन कार्यालयमा रेन्जर पदमा काम गर्दछन् ।
जागिर र व्यवसायमा आकाश र जमिनको फरक
एनजिओको जागिर र व्यवसायमा आकाश र जमिनको फरक भएको उनको बुझाइ छ । ‘जागिर र व्यवसायमा आकाश र जमिनको फरक छ ।’ उनले भनिन्, जागिर गर्दा १५÷२० हजारको लागि महिनौं कुर्नु पर्दछ ।’ तर व्यवसाय गर्दा २५÷३० हजार एक दिनमै कमाउन सकिन्छ ।’
उनले थपिन्, ‘व्यपार र जागिरमा धेरै फरक छ । व्यापार गर्दै जाने हो भने, जागिर त सामान्य नै लाग्छ ।’ आफूलाई आजभोलि व्यपार गर्दै जाँदा जागिर टाइमपास जस्तो लाग्ने गरेको उनले अनुभव सुनाइन् । व्युटिपार्लरका लागि सामानहरु धनगढी, काठमाडौं र भारतको राजधानी दिल्लीबाट ल्याउने गरेको उनी बताउँछिन् ।
व्यवसाय गर्दाका चुनौती
व्यापर व्यवसाय गर्दा महिलामाथि धेरै चुनौतीहरु रहेको उनको अनुभवले बताएको छ । ‘महिलाहरुलाई बाहिर हिँड्न पनि समस्या हुन्छ । पुरुषहरुले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन् ।’ उनले भनिन्, तर पनि आफू सक्षम र बाठो हुनुपर्छ त्यति धेरै हेप्दैनन् । सुदूरपश्चिमेली समाजमा महिलाहरुलाई कठिन त हुन्छ ।’
जागिर गरेको पैसाले व्यवसाय
एनजिओको जागिरमा कमाएको रकम र श्रीमानको कमाइले आफूले व्यवसाय सुरु गरेको जोशीले बताइन् । ‘यो पसल गर्नुभन्दा पहिले म आफै सानेतिनो जागिर गर्थें । महिनाको २२÷२५ हजार कमाउँथे । उनले भनिन्, ‘यो व्यवासय संचालन गर्नको लागि श्रीमानबाट पनि केही पैसा लिएको छु ।’
एसएलसी उर्तिण गरे पछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगञ्ज गइन् । र उतै ६ महिना व्युटिसियन तालिम लिएकी थिईन् । परिवारसँग नै सल्लाह गरेर सीप सिकेको बताइन् । ‘यो सीप सक्निे अवसर मलाई मेरा दाइ भाउजू र आमाबुवाले दिनुभएको हो ।’ उनले भनिन् ।
सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभइ पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सम्पन्नतासँगै व्युटी पार्लरमै गएर व्युटी बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ ।
<
p style=”text-align: justify;”>‘पारिवारिक साथ र सहयोग पाएँ अझ यो व्यापार विस्तार गर्ने सोच बनाएकी छु ।’ उनले भनिन्, पारिवारीक खर्च र बाचबच्चाको स्कुल खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ ।’ मैले गर्दै आइरहेको व्यवसायबाट श्रीमानलाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि मेरो उद्देश्य हो ।’
Comment Here!