‘महिला मञ्च’ काठमाडौंमा सुरु


प्रकाशित मिति :2018-02-20 16:02:12

–महिला खबर–

ललितपुर । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने नाराका साथ प्रदेश नम्बर तीन स्तरीय ‘महिला मञ्च’ सुरु भएको छ ।

आजबाट काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु भएको ‘महिला मञ्च’ को उद्घाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र प्रदेश नम्बर तीनका भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले महिलाले विश्वलाई टाउकोमा राखेको चित्र अनावरण गरेर संयुक्त रुपमा गरेका थिए ।

बेलुकी ७ बजेसम्म संचालन हुने कार्यक्रममा राष्ट्रियसभाका नवनियुक्त सदस्य डा. बिमला राई पौड्यालको सामाजिक–सांस्कृतिक रुपान्तरण सहितको लोकतान्त्रिक गणतन्त्रको अवधारणा, वर्तमान स्थिति, महिलाको स्थान, चुनौती र अबको बाटो, प्रतिनिधिसभा सांसद विन्दा पाण्डेको महिलाको उत्पादन र श्रममा पहुँच, श्रमलाई दिएको मान्यता, यसले परेको प्रभाव र अबको बाटो र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव बिनिता भट्टराईको सामाजिक विभेदपूर्ण मूल्य मान्यताहरूद्वारा सिर्जित हानिकारक परम्परागत अभ्यास, त्यसको परिणाम र अबको बाटो शिर्षकमा कार्यपत्र प्रस्तुती सहित छलफल भइरहेको छ ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले आयोजना गरेको महिला मञ्चमा हरेक प्रदेशमा लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई समुदाय तहदेखि नै सबैले अनुभूति गर्न सक्ने वातावरण निर्माणमा व्यवधान खडा गरेका प्रमुख मुद्दाहरूमा महिलामुखीकोणबाट छलफल गरिने सञ्जालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा अधिकारकर्मीहरू, लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणका लागि संघर्ष गरेका विभिन्न आन्दोलनका प्रतिनिधिहरू र भर्खरै निर्वाचित भई राजनैतिक संरचनाका जिम्मेवार तहमा पुगेका महिलाहरू जसले आफ्नो काममा, अभियानमा नव उदारवादी आर्थिक नीतिलाई आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्ने, पूँजीवादी पितृसत्ता र यसले महिलाको जीवनमा परेको असरहरूका बारेमा बिगतदेखि आफ्ना अनुभव राख्ने गरेका, सामन्तवादी संरचनाबाट पीडित र प्रभावितको न्यायका लागि संघर्षरत महिला मानव अधिकार रक्षकहरू सहभागि छन् ।

कार्यक्रममा स्थानीय निकाय, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिलाहरुलाई फूलमाला र दोसल्ला सहित सम्मान गरिएके थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: