नवजात शिशुको मृत्युदर घटाउन नयाँ अभियान शुरु


प्रकाशित मिति :2018-02-20 17:33:47

-महिला खबर –

काठमाडौं । युनिसेफले मंगलबारदेखि “प्रत्येक बच्चा जीवित राखौं” भन्ने विश्वव्यापी अभियान शुरु गरेको छ ।
अभियानमा विश्वभरका नवजात शिशुहरुलाई कसरी बचाउने भन्ने समाधानका उपायहरु खोजिने युनिसेफले जनाएको छ ।

युनिसेफले नवजात शिशुको मृत्युदर सम्बन्धी एक नयाँ प्रतिवेदन समेत तयार पारेको छ । प्रतिवेदनका अनुसार कम आयस्रोत भएका देशहरुमा औसत नवजात शिशु मृत्युदर प्रति हजार जन्ममा २७ रहेको छ । उच्च आयस्रोत भएका देशहरुमा त्यो दर प्रति हजारमा ३ रहेको छ । जोखिमपूर्ण ठाउँहरुमा नवजात शिशुहरु जन्माउँदा मर्ने सम्भावना सुरक्षित ठाउँहरुमा जन्मांउँदा भन्दा ५० गुना बढि हुने युनिसेफकाे प्रतिवेदनमा उल्लेख छ ।  ती ठाउँहरुमा गरिबी, द्वन्द्व र कमजोर स्वास्थ्य संस्थाहरुका कारण गर्भवती महिलाले सुत्केरी हुने समयमा सहायता पाउने सम्भावना धेरै कम हुने बताइएको छ ।

नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार ४८ शिशु मध्ये एक जना जन्मेको २८ दिन भित्र मृत्यु हुने गर्दछ । जस अनुुसार नेपालमा प्रत्येक वर्ष १३ हजार नवजात शिशुहरुको मृत्यु हुन्छ । प्रतिवेदनमा ८० प्रतिशत भन्दा बढि नवजात शिशुहरुको मृत्यु समय अगाबै जन्म र जन्मदा हुने जटिलता वा निमोनिया र रक्तविकार जस्ता संक्रमणको कारण हुने गर्दछ । यस्तो प्रकारका मृत्युहरुलाई तालिम प्राप्त सुडेनी, सफा पानी, जन्मेको एक घण्टा भित्र स्तनपान, न्यानो काख र उचित पोषणमा पहुँच पुर्‍याएर रोक्न सकिने युनिसेफले जनाएको छ ।

नर्वेमा १० हजार मानिसहरुलाई सेवा दिन २ सय १८ चिकित्सकहरु, नर्सहरु र सुडेनीहरु छन् भने नेपालमा १० हजार मानिसहरुको सेवाको लागि २ दशमलव ३ जना मात्र व्यवसायिक स्वास्थ्यकर्मीेहरु उपलब्ध छन् ।

युनिसेफले हरेक बच्चा जीवित विश्वव्यापी अभियान मार्फत् युनिसेफले सरकारहरु, स्वास्थ्य सेवा प्रदायकहरु, दाताहरु, नीजि क्षेत्र, परिवारहरु र व्यवसायीहरुलाई हरेक बच्चाहरुलाई जीवित राख्न अपिल समेत गरेको छ ।

अपिलमा पर्याप्त संख्यामा सुत्केरी र नवजात शिशु स्याहारमा निपूर्ण चिकित्सकहरु, नर्सहरु र सुडेनीहरु भर्ना, तालिम, व्यवस्थापन गर्ने, आमा र बच्चाको पहुँच पानी, साबुन, बिजुली सहितका शुद्ध र उपयोगी स्वास्थ्य सुविधाहरुको ग्यारेन्टी गर्ने, हरेक आमा र बच्चालाई स्वस्थ जीवन शुरुवात गर्न आवश्यक औषधि र उपकरणलाई प्राथमिकतामा राख्ने, किशोरीहरु, आमाहरु र परिवारहरुलाई गुणात्मक सेवा माग गर्न र प्राप्त गर्न जागरुक बनाउन अपिल गरेकाे  छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: