जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ


प्रकाशित मिति :2018-02-22 12:14:17

–महिला खबर–

पाँचथर । कक्षा १० मा अध्ययनरत १४ वर्षीया बालिकालाई जवरजस्ती विवाह गर्न खोज्ने युवक तीन वर्ष पछि पक्राउ परेका छन् ।

विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई अन्य ४ साथीहरूको सहयोगमा नाटकीय शैलीमा अपहरण गरि जवरजस्ती विवाह गर्न खोज्ने तुम्वेवा गाउँपालिका १ साविक आङ्ना गाविस वडा नं. ४ का जीवन तिम्सिना खत्रीलाई प्रहरीले फागुन ७ गते झापाको दमकबाट पक्राउ गरेको हो ।

बालिकालाई अपहरण गरि जवरजस्ती विवाह गर्ने प्रयास गरेका खत्री घट्ना पछि फरार थिए । स्थानीयवासी तथा बालिकाका आफन्तले जवरजस्ती विवाह गर्नबाट रोकेपछि उनी फरार भएका थिए ।

खत्री झापामा रहेको विशेष सुराकीका आधारमा प्रहरी सहायक निरीक्षक कमल थापा नेतृत्वको प्रहरी टोलीले खत्रीलाई झापाको दमकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खत्रीलाई मंगलबार अदालतमा उपस्थित गराई कारागार चलान गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले वताए ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने भन्दै केहि राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूले प्रहरीलाई चर्को दबाव दिएका थिए । दबाबपछि समयमै मुद्दा दर्ता हुन नसक्दा खत्री भागेर काठमाडौं हुँदै रोजगारीका लागि विदेश पुगेका थिए ।

चौतर्फी दबाबपछि प्रहरीले पीडित बालिकाका आफन्तको जाहेरी दर्ता गर्नुका साथै अनुसन्धान पछि खत्री विरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएको थियो । केही समय अघि नेपाल आएर दमकमा बस्दै आएका उनलाई पाँचथर प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: