–महिला खबर–
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् ।
विहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री थापाले समावेशी–समानुपातिक सिद्धान्त अनुसार संविधानले नै स्थानीय, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरिदिएको भन्दै मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुुनपर्ने बताइन् ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता गराउने विश्वास दिलाइन् ।
थापाले भनिन्,‘समावेशिताका आधारमा ३३ प्रतिशत महिलाहरुको सहभागिता हुन्छ भन्नेमा म विश्वस्त छु । प्रधानमन्त्री ओलीले पनि गराउनुहुन्छ भन्नेमा आशावादी छु । तर संविधानम प्रष्टै लेखिदिएको भए राम्रो हुन्थ्यो ।’ उनले आफू वृद्वभक्ताको उमेर आधार वर्ष ७० नै सही भएको पक्षमा रहेको बताइन् ।
थापाले भनिन्, ‘जेष्ठ नागरिकको उमेर ७० वर्ष नै सही छ जस्तो लाग्छ, वृद्वभक्ताको लागि अहिले जे चलिरहेको छ ।’
मन्त्री थापाले जनताको रगत र पसिना बगाएर ल्याएको संविधानलाई कार्यान्वयन गर्ने दिशामा अघि बढ्ने काम भएकोले वर्तमान सरकार मुलुक र जनताको समृद्धिको लागि निरन्तर लागिपर्ने बताइन् ।
Comment Here!