‘महिला मञ्च’ सकियोः दश बुँदे घोषणा पत्र र नौ बुँदे आचारसंहिता जारी


प्रकाशित मिति :2018-02-22 17:01:05

–महिला खबर–
ललितपुर । काठमाडौमा जारी तीन दिने ‘महिला मञ्च’ दश बुँदे घोषणा पत्र र नौ बुँदे आचारसंहिता जारी गर्दै सकिएको छ ।  मंगलबारदेखि सुरु भएको महिला मञ्च ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको थियो ।

तीन नम्बर प्रदेश स्तरीय महिला मञ्च २०७४ मा सहभागी भएका प्रदेश नं ३ का स्थानीय तहका जनप्रतिनिधि महिलाहरू र महिला मानव अधिकार रक्षकहरूले संयुक्त रुपमा सो घोषणा पत्र र आचारसंहिता जारी गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विध्यासुन्दर शाक्यले स्थानीय तहमा महिला जनप्रतिनिधिको भूमिका बढी हुने गरेको बताए ।

स्थानीय तहमा कर्मचारी थोरै हुँदा महिला जनप्रतिनिधिले धेरै काम गर्नु परेको बताए । मेयर शाक्यले महिलाहरूका लागि सशक्तिकरण र विभिन्न सीप मुलक कार्यक्रम संचालन गरेको बताए । उनले काठमाडौमा स्थायी र अस्थाइ बसोबास गरेका महिलाहरूलाई आत्म निर्भर बनाउनग विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत गरे ।

यस्तो छ घोषणा पत्रः
१. राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निर्माणर कार्यान्वयन गर्न नेतृत्व र सहकार्य गर्नेछौ ।
२. सबै प्रकारका हानिकारक प्रथालाई अपराधको रुपमा ग्रहण गरी त्यस्ता सबैखाले हानिकारक परम्परामा आधारित भई गरिने अपराध अन्त्य गर्ने छाता कानूनको निर्माण साथै स्थानीय स्तर देखि राष्ट्रिय तहसम्म रणनीति बनाई लागू गर्न नेतृत्व लिनेछौ ।
३. महिलाको प्रजनन तथा यौन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि आवश्यक नीति निर्माण गरि स्वास्थ्यलाई पूर्ण रुपले परिभाषित गर्दै यौनिकता रमहिलाको स्वास्थ्यलाई प्रभाव पार्ने सबै प्रकारका विभेदपूर्ण व्यवहारहरूको अन्त्य गर्न नेतृत्व एवं सहकार्य गर्नेछौं ।
४. संविधानले सुनिश्चित गरेको नागरिकको आधारभुत अधिकार (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको) पूर्ण कार्यान्वयनका लागि भूमीहिन किसान, अपागंता भएका व्यक्ति, सुकुम्बासी तथा विपन्न र सीमान्तकृत समुदायका महिलाको भूमितथा सुरक्षित बासमाथिकोअधिकारको सुनिश्चितता साथै स्थानीय स्रोत साधनमा पहुँच कायम गर्न नीति निर्माण गरी वडास्तरबाटै आवश्यक कार्यान्वयन गर्न नेतृत्व र सहकार्य गर्नेछौ ।
५. घरेलु लगायत सबै सेवामूलक कामलाई उत्पादनमूलक कामको रुपमा गणना गर्दै हरेक क्षेत्रमा क्रियाशील श्रमिक महिलाको समान कामको समान ज्यालाको व्यवहारिक कार्यान्वयनसाथैमहिलालाई राजनीतिक, सामाजिक साथै आर्थिकरुपमा सशक्त बनाउन नेतृत्व र सहकार्य गर्नेछौ ।
६. महिलाभित्र पनि अपाङ्गता भएका, दलित, जनजाति, मुस्लिम, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एच.आई.भी. संक्रमित, बेचबिखनबाट प्रभावित, द्वन्द्व प्रभावित, हिंसा प्रभावित, एकल आमा एवं विधवा महिलाहरूका फरक फरक आवश्यकता हुन्छन् भन्ने तथ्य अङ्गिकार गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि समुदाय तहदेखि नै पहल गर्दै राज्यका सबै तह र संरचनाहरूमा यी सवालहरू सुनिश्चित गर्न नेतृत्व एवं सहकार्य गर्ने छौं,
७. महिलाको बंशीय हकलाई संवैधानिक संरक्षण प्रदान नगरिएसम्म महिलाको आत्मसम्मान पूर्वक बाँच्न पाउने वातावरण निर्माण हुन नसक्ने र महिलाको पराधिनताको अन्त्य नहुने तथ्यप्रति ध्यानाकर्षण गराउँदै अबिलम्ब संबिधान संशोधन गरी नागरिकतामा महिलाको समान हक स्थापित गर्न माग गर्दछौं,
८. प्राकृतिक विपत्तिका बेलामा सधैं महिलाहरूथप जोखिममा पर्ने यथार्थताप्रति सचेत हुदैँ पुर्ननिर्माणका हरेक निर्णायक प्रक्रियामा महिला, अपागंता भएका व्यक्तिहरू, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको समावेशी सहभागिता सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धताका साथ स्थानीय तहमा हुने पुनर्निर्माणलाई महिलामैत्री तथा अपांगमैत्रीबनाउन नेतृत्व लिनेछौं र उसका लागि साझेदारी र समन्वय गर्नेछौं ।
९. सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि संरचनागत विभेदविरुद्ध आवाज उठाएकै कारण महिला मानव अधिकार रक्षकहरू असुरक्षित रहेको तर्फ ध्यानाकर्षण गराउँदै महिला मानवअधिकार रक्षकहरूको पहिचान, मान्यता र सुरक्षाको ग्यारेण्टी गर्न राष्ट्रिय रुपमा नीति बनाई प्रदेश तथा स्थानीय तहसम्म उत्तरदायी संयन्त्र निर्माणको जोडदार माग गर्दछौं ।
१०. संबिधानले दिएको सामाजिक सुरक्षाको हक कृषि, गिट्टी कुट्ने, घरेलु श्रमिक जस्ता विभिन्न जोखिमपूर्ण, मनोरञ्जन लगायतका अनौपचारिक क्षेत्रमा कार्यरत महिलाहरूले समेत प्राप्त गर्न सक्ने स्थिति निर्माण गर्न समुदाय तहदेखि नै नेतृत्व एवं सहकार्य गर्ने प्रतिबद्धताका साथ यसका लागि आवश्यक नीतिगत व्यवस्थाको निर्माणका लागि माग गर्दै यसको नेतृत्वलिनेछौं ।

आचारसंहिता
१. स्थानीय तहको संरचना र कार्यप्रणालीलाई महिला, बालबालिका, अपांगता, जेष्ठनागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, र विपन्न तथा पछाडि पारिएका समुदायका लागि मैत्रीपुर्ण बनाउँदैजातिय, वर्गिय, भाषिक र लैंगिक विभेदरहित वातावरण निर्माणका लागि हामी अग्रणी भुमिका निर्वाह गर्नेछौं ।

२. नेपालको संविधानको अधिनमा रहि महिला तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी तथा महासन्धि, कानून र नीति नियमको पक्षमा रहि विधिको शासनलाई पालना गर्दै स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही, उत्तरदायी, जिम्मेवार, सहभागीमुलकर निष्पक्ष बनाउन नेतृत्वगर्नेछौं ।

३. जनप्रतिनिधिको कामलाई प्रभावकारी, उत्तरदायि र जनपक्षिय बनाउन आफ्नो आत्मसम्मान र मनोबललाई उच्च राखी स्व–परिवर्तनको उदाहरण बन्दै र स्व हेरचाहाको सिद्धान्तलाई पालना गर्दै, हामी अध्ययनशिल, निडर, प्रष्ट, अनुशासित, इमान्दार, आत्मविश्वासी, आत्मनिर्भर, धैर्यवान, निर्णायक, दृढ, सृजनशिल र संवेदनशील बन्नेछौ ।

४. जनप्रतिनिधि महिलाकोनेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउन सह–अस्तित्वको भावनालाई कदर गर्दै कुनै पनि राजनीतिक दबावप्रति शून्य सहनशिलतालाई अस्विकार गर्र्दै निष्पक्ष भएरएक अर्कामा सम्मानजनक सहयोग, समन्वय र सहकार्यका लागि ऐक्यबद्ध हुनेछौं ।

५. पितृसत्तात्मक सोच, सामाजिक, सांस्कृतिक, धार्मिक र हानिकारक परम्परागत तथाकुप्रथागत सोचले निम्त्याएका सबै प्रकारकाहिंसा र विभेदका विरुद्ध लड्न एकजुट र कटिबद्ध हुनेछौं ।

६. महिलाविरुद्धहुने सबै प्रकारका हिंसा र विभेदका घटनाहरूप्रति शुन्य सहनशिलताको वातावरण तयार गर्दै स्थानीय तहलाईमहिला हिंसामुक्त बनाउनेछौं ।

७. न्याय सम्पादनको कार्यान्वयन र सुनुवाई प्रक्रियामा मुद्दाहरूको संवेदनशीलतालाई ध्यानमा राखि गोपनियताको अधिकारलाई सुनिश्चित गर्दै विश्वासको वातावरण कायम राख्नेछौं ।

८. सिमान्तकृत तथा पछाडि पारिएको समुदायलाई निष्पक्ष रुपमा प्राथमिकतामा राखी अधिकारमुखी र पीडित÷प्रभावितमुखि अवधारणालाई अंगाल्नेछौं ।

९. जस्तो सुकै विषम परिस्थितिमा पनि सामाजिक न्याय र समानताको सिद्धान्तलाई आधार मान्दै आफ्नो मुद्दामा अडिग रहने छौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: