साउदीका महिलालाई व्यवसाय गर्न पुरुषको अनुमति नचाहिने


प्रकाशित मिति :2018-02-23 13:52:52

ललितपुर । साउदी अरेबियाको सरकारको नयाँ नीतिले महिलालाई उनको श्रीमान् वा पुरुष आफन्तको अनुमतिबिना व्यवसाय खोल्ने अनुमति दिएको छ । यो नीति महिला सशक्तिकरणको शुरुआत र देशभित्र निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्य अनुरुप आएको हो ।

यसअघि साउदी अरेबियाको सरकारले २५ वर्ष र सोभन्दा माथिका महिलालाई सहयोगीबिना साउदी अरेबिया घुम्ने अनुमति दिएको थियो । साउदी अरेबियाले देशको कठोर अविभावकत्व प्रणालीलाई खुकुलो पार्न एउटा ठूलो कदम चालेको छ ।

यो नीति आउनुभन्दा अगाडि महिलाले व्यवसाय शुरु गर्न चाहे भने उनीहरुको पुरुष अविभावक जस्तै श्रीमान्, पिता वा दाजुको अनुमतिको प्रमाण पेश गर्नु पथ्र्यो । वाणिज्य तथा लगानी मन्त्रालयले आफ्नो वेबसाइटमा भनेको छ – अब महिलाले अविभावकको अनुमति प्रमाणित नगरिकन आफ्नो व्यवसाय शुरुआत गर्न सक्छन् र सरकारी सेवाबाट फाइदा लिन सक्छन् ।

साउदी सरकारले विविध क्षेत्रहरुमा महिलाको आत्मनिर्भरता बढाउन नयाँ नीति र कार्यक्रम शुरु गरेको छ । कुनै सहयोगीबिना घुमफिर गर्ने वा सवारी चलाउने अनुमति पछि महिलाले आफ्नै खुट्टामा उभिने अवसर पाएका छन् । यसै महिनादेखि सरकारी वकिलको कार्यालयले पहिलो पटक महिला अनुसन्धानकर्ताहरुको भर्ना शुरु गरेको छ ।

सरकारले विमानस्थल र सीमा नाकाहरुमा महिलाको लागि १४० पदहरुको आवेदन खोल्यो जसमा एक लाख सात हजार जना महिलाले आवेदन दिएका छन् । श्रम शक्तिमा महिलाको भूमिका बढाउने नयाँ अभियानमा युवराज मोहमद् विन सलमानको योगदान देखिन्छ ।

साभारः–इण्डिया टुडे

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: