महिला खबर सम्पादक कुँवर पुरस्कृत


प्रकाशित मिति :2018-02-24 19:51:01

-महिला खबर-

काठमाडौं । महिला सम्बन्धी डिजिटल पत्रिका महिला खबर डटकमका सम्पादक लोग्शरी कुँवरलाई पुरस्कृत गरिएको छ ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौंमा आयोजित आदिवासी जनजाति महिला पत्रकारहरूको भेलामा सम्पादक कुँवरसहित तीन जना पत्रकार महिलाहरूलाई पुरस्कृत गरिएको हो ।

आदिवासी जनताती पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाले सुदूरपश्चिमबाट १२ वर्षदेखि दैनिक पत्रिका प्रकाशन गर्ने पहिलो महिलाका रुपमा कुँवर र अपांगता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत प्रविना गोले र नेवा एफएममा कार्यक्रम अनिता महर्जनलाई पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले कदरपत्र, दोसल्ला र पाँच हजार नगदसहित पत्रकार महिलाहरूलाई पुरस्कृत गरिन् ।

सोही अवसरमा राष्ट्रिय सूचना आयोगबाट प्रकाशित नेपाल भाषाको मिसापिनि सुविधा सम्बन्धी सुचंः (महिलाका सुविधासम्बन्धी सुचना) पुस्तिका पनि विमोचन गरिएको फोनिज काठमाडौंकी अध्यक्ष मिरा राजभण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, फोनिजका संगठन सचिव मनोज घर्तीमगर, प्रेस युनियनका वरिष्ठ महिला उपाध्यक्ष वाला अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव देवीका घर्तीमगर, फोनिजका केन्द्रीय सदस्य दिपा मगर, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अमिका राजथला लगायतले बोलेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: