गोदामचौर बलात्कार घटनाः अझै पक्राउ परेनन् आरोपित


प्रकाशित मिति :2018-02-25 11:47:46

–महिला खबर–

ललितपुर । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारका तीन आरोपीलाई उच्च अदालतले थुनामा राख्ने आदेश दिएको १५ दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

माघ २५ गते उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणको आधारमा आरोपीलाई थुनामा राख्ने’ आदेश दिएपछि साधारण तारिखमा रहेका ती आरोपी फरार भएका हुन् ।

फरार हुनेमा घटनाका आरोपी रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर रहेका छन् ।

‘अदालतको आदेश पाउने बित्तिकै प्रहरीले आरोपीलाई पक्राउ गर्नुपर्छ’ अधिवक्ता सशी बस्नेतले भनिन्, अदालतले दिएको आदेशको औपचारिक पत्र पाउने बित्तिकै आरोपितको ‘लोकेसन’ मा खोजी गर्दा उनीहरू फरार भइसकेका थिए ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवालले फरार आरोपितको लोकेसन ट्रेस गर्ने काम सुरु गरिएको बताए ।

आरोपितहरुको थातथलो पनि निगरानी गररहेको उपरीक्षक सिलवालले बताए । अदालतको आदेशपछि आरोपितहरु फागुन ६ गतेको साधारण तारिखमा पनि उपस्थित नभएको सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता रमेश भट्टराईले महिला खबरलाई बताए ।

जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपितलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनले आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने फैसला गरेको थियो ।

गएको पुस २६ गते ती आरोपितहरुलाई जिल्ला अदालतले साधारण तारिखमा छोडन आदेश दिएको थियो । जिल्ला अदालतको आदेश वदर गरि पाँऊ भनि उच्च अदालत पाटनमा निवेदन दर्ता भएको थियो ।

गत मंसिर २ गते बेलुकी कारखानाबाट काम गरेर घर फर्किदै गरेको अवस्थामा सामूहिक बलात्कार परेकी ती युवती भोलिपल्ट बाटो मुनिको तोरीबारीमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

टाउको, हात लगायत शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकी उनको एक हप्ता आईसीयूमा उपचार भएपछि मात्र होस खुलेको थियो । बोल्न सक्ने भएपछि मात्रै पीडितको किटानी जाहेरीका आधारमा आरोपितहरू पक्राउ परेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: