गरे के हुन्न र ?


तरकारी खेतीले जीवनस्तर फेरियो

प्रकाशित मिति :2018-02-25 13:58:35

–महिला खबर–

बझाङ । जयपृथ्वी नगरपालीका—७ सुबेडाकी सत्यदेवी रानालाई एक जोर चप्पल किन्ने पैसा थिएन ।

उनी कति दिन त मेलापात जाँदा खाली खुट्टा नै गइन् । बिहान बेलुकाको खाना र एक सरो लगाउन पनि समस्या हुन्थ्यो उनलाई ।

तीन वर्ष अघि यी र यस्तै समस्या झेल्दै थिइन् उनी । तर अहिले भने उनको अवस्था फेरिएको छ । अहिले उनी तरकारी खेतीबाट वार्षिक चार लाख ४५ हजार रुपैया आम्दानी गर्न सफल भएकी छन् ।

महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले एउटा टनेल र तरकारी व्यवसाय सम्बन्धी तालिम दिए पछि रानाले तरकारी खेती सुरु गरेकी हुन् ।

दुइ कठ्ठा खेतमा लगाएको तरकारी बेचेर ४ लाख ४५ हजार आम्दानी गर्न सकेको उनले बताइन् । उनी भन्छिन्, ‘तरकारी खेतीबाट घरपरिवारको खर्च राम्रैसँग चलेको छ ।’ तरकारी खेतीबाट जीवन फेरिएला भन्ने कहिल्यै नसोचेकी उनले जब व्यवसायिक रुपमा खेती नै गर्न थालिन, तब थाहा पाइन्, व्यवसायको महत्व ।

उनले महिला कल्याण बचत तथा ऋण सहकारी र गाउँकै सहकारीमा पनि केही रकम समेत जम्मा गरेकी छन् । त्यस्तै उनले जीवन विमा पनि गरेकी छन् ।

सुबेडाकै बेलुदेवी नेपालीको पनि देवीको जस्तै समस्या थियो । श्रीमान बितेपछि छोराछोरी पाल्ने जिम्मा उनकै काँधमा थियो । अरुका फाटेका लुगाफाटा सिलाएर पाएको धान चामलले उनको परिवारको जेनतेन गुजारा चलेको थियो । अहिले यो समस्याबाट मुक्त छन् उनी । घरमै बसेर गरेको तरकारी खेतीबाट उनले बार्षिक एक लाख आम्दानी गरेकी छन् ।

एक छोरा र एक छोरीलाई बोर्डिङ्गमा पढाएकी छन् । वार्षिक रुपमा ११ हजारको जीवन विमा गराएकी छन् ।

उनी लगायत केउडी जोशी, शिद्धा दमाई, बेलु नेपाली, हरिना दमाई, मतीकला नेपाली, लगायत गाउँका महिलाहरूको अवस्था उस्तै थियो ।

जयपृथ्वी नगपालीका—७ मा युएमएनको आर्थिक सहयोग र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूलाई तरकारी खेती तालिम दिएपछि महिलाहरूको जीवन स्तर फेरिएको हो ।

यी महिलाहरूको देखा सिकी गरेर गाउँका अन्य महिलाहरूले समेत तरकारी खेती सुरु गर्न थालेका छन् ।

बजार नजिकै भएकाले तरकारी बिक्री गर्न समस्या नभएको केउडी जोशीले बताइन् ।
उनले हातमा पैसा हुन थालेपछि आत्म विश्वास पनि बढेको बताइन् ।

संस्थाले तालिम दिएपछि महिलाहरूको जीवन स्तरमा परिवर्तन आएको संस्थाका कार्यक्रमका अधिकृत नविन ज्ञवालीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: