‘महिलाले सामाजिक, आर्थिक अधिकार पाउन सकेका छैनन्’


प्रकाशित मिति :2018-02-25 16:56:57

–महिला खबर–

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाले राजनीतिक अधिकार प्राप्त गरेपनि सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार भने पाउन नसकेको बताएकी छिन् ।

मन्त्रालयमा आइतबार भएको ‘एक सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवस’ को प्रथम तयारी बैठकमा बोल्दै थापाले महिलाहरु सामाजिक, आर्थिक र मानसिक रुपमा हिंसामा गरेको भन्दै यसको रुपान्तरमा केन्द्रित हुनुपर्ने बताइन् ।
उनले स्थानीय तहमा बढी महिला हिंसाका घटना हुने गरेको भन्दै स्थानीय जनप्रतिनिधि र जनतालाई सचेत गर्नुपर्नेमा जोड दिइन् । थापाले ठूलो संघर्ष पश्चात नै महिलाका अधिकारलाई संविधानमा समेट्न सफल भएको बताइन् ।

अन्तर्राष्ट्रिय महिला दिवस सातव्यापी मनाइने

मार्च ८ गते पर्ने १ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवस यस वर्षपनि साताव्यापी रुपमा मनाइने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा आइतबार बसेको प्रथम तयारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दिवसको अवसरमा गत वर्षका कार्यक्रमलाई समेत निरन्तरता दिने भएको छ ।


मन्त्रालयका सहसचिव राधिका अर्यालले दिवसको तयारीका लागि मूल आयोजक समितिका साथै कार्यक्रम व्यवस्थापन समिति, प्रचार–प्रसार र र्‍यालि व्यवस्थापन समिति गठन गरेर काम गर्ने बताइन् ।
मन्त्रालयका सचिव नइन्द्र प्रसाद उपाध्ययले यस वर्षको महिला दिवस देशव्यापी भव्य रुपमा मनाउने तयारी भएको बताए ।

 

लमजुङमा बृहत् महिला स्वास्थ्य शिविर हुने

यसैबीच दिवसको अवसरमा लमजुङमा बृहत् महिला स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्लामा रहेका महिलाहरुको समस्यालाई मध्येनजर राख्दै अनेम संघ लमजुङले दुई दिने निःशुल्क शिविरको आयोगन गर्न लागेको हो ।

फागुन २४ र २५ गते हुने शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुद्धारा स्वास्थ्य जाँच, पाठेघरको निःशुल्क अपरेशन, पाठेघरको मुखको क्यान्सरको जाँच गरिने अनेमसंघ लमजुङकी अध्यक्ष यशोदा रिमालले जानकारी दिइन् । रिमालले शिविरमा स्तन क्यान्सरको जाँच, पिसाब र रगतको जाँच र आवश्यक औषधी वितरण गरिने बताइन् ।
उनले भनिन् ‘धेरै महिला दिदीबहिनीमा पाठेघर सम्बन्धि समस्या देखिएको जानकारी पाएका छाँै, त्यसैले उनीहरुका लागि सेवा पु¥याउने उदेश्यले शिविर संचालन गर्न लागेका हौँ ।’

शिविर आमे साइबाबा अस्पताल र पाटन अस्पतालको समन्वयमा हुन लागेको हो । शिविरमा पाटन अस्पतालका विशेषज्ञबाट स्वास्थ्य चेकजाँच गरिनेछ । शिविर बेसिशहर नगरपालिका ३ को बालकल्याण माध्यामिक विद्यालयमा संचालन हुने पत्रकार बेलिना थापाले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: