राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई


प्रकाशित मिति :2018-02-26 10:42:50

–महिला खबर–

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । हिजो धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पुर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पीयन भएको हो । चिर प्रतिद्वन्द्वी विभागीय टोली एपीएफ र पुर्वाञ्चलबिच भएको फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उप विजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडरमा चित्त बुझाएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको पुर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाउन सक्यो । पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन् । एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १\१ विकेट लिईन् ।

६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन् । पुर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १\१ विकेट लिए । प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डेय भईन् । यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन् । उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन् । उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरुष्कार पनि सुदुरपश्चिमको टिमले जितेको छ । उनीहरु सवैलाई नगद ५ हजार दिईएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारी कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले सिल्ड तथा प्रमाण पत्र वितरण गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: