प्रेमीको सहयोगमा किशोरीको सामूहिक बलात्कार


प्रकाशित मिति :2018-02-26 12:25:44

ललितपुर । दिल्लीमा पछिल्लो समयमा बलात्कारका घटनाहरु विभिन्न रुपमा भएका सञ्चार माध्यममा आउन थालेका छन् । गत मंगलबार पनि यस्तै एक घटना दिल्लीको उत्तरपूर्वी भागमा पर्ने ज्योतिनगर भन्ने ठाँउमा भएकोे हो ।

एक १५ वर्षीया किशोरी आफ्नै प्रेमी र उनका अरु दुईजना साथीहरुबाट बलात्कृत भईन् । प्रहरीका अनुसार दुई जना अभियुक्तहरु पक्राउ परेका छन् । पीडितको प्रेमी भने भागेको भएको छ जसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दिल्लीको उत्तरपूर्वी प्रहरी पोष्टका अजित कुमार सिंह भन्छन् ‘बलात्कारको घटना प्रहरीले दर्ता गरे लगत्तै अनुसन्धान गरिरहेको छ ।’ अनुसन्धानका क्रममा प्रहरीले पीडित ६ महिनायता देखि २१ वर्षको केटासँग प्रेम सम्बन्धमा रहेको साथै अभियुक्तसँग विद्यालय बाहिर भेट्ने गरेको र साथी बनेको खुल्न आएको बताएका छन् ।

मंगलबार अभियुक्तले किशोरीलाई साँझपख ज्योति नगरमा एउटा फल्याटमा भेट्का लागि आग्रह ग¥यो जहाँ थप दुईजना युवकहरु पहिल्यै आइसकेका रहेछन् । तीनै जनाले पालैपालो उनलाई बलात्कार गरे । उनीहरुले किशोरीलाई कुटपिट गर्नुका साथै घटनाका बारेमा कसैलाई भने मार्ने धम्कि पनि दिए । त्यसपछि उनीहरु त्यहाँबाट भागे ।

साँझ पीडित किशोरी जब घरमा गईन् सबै घटना आफ्नी आमालाई सुनाईन् । त्यसपछि पीडितको मेडिकल जाँच भयो र बलात्कारको मुद्दा दर्ता भयो । प्रहरीका अनुसार सबै अभियुक्तहरु २० वर्ष उमरका छन् । उनीहरुको मोबाइल फोनहरु स्क्यान गरिएको छ र पीडितलाई परामर्श दिने काम भइरहेको छ ।

साभारः– द टाइम्स अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: