आगलागीबाट घाइते महिलाको मृत्यु


प्रकाशित मिति :2018-02-26 15:32:57

-महिला खबर-

कालिकोट । शनिबार भएको आगलागीमा परेर गम्भीर घाइते भएकी तीन महिलामध्ये एक जनाको आइतबार मृत्यु भएको छ ।

मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङका ६० वर्षीया मनरुपा चलाउने रहेकी छन् । उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बेलुकी मृत्यु भएको हो ।

गत फागुन १२ गते भएको आगलागीमा सोही स्थानकै १६ वर्षीया प्रतिमा रोकाय, ६२ वर्षीया चाउरी चलाउनेलाई नेपालगञ्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा ल्याइएको छ ।

शनिबार त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा आगलागी भएको थियो । बिहान ११ बजेतिर नजिकैको छिमेकी गाउँ ल्हाँबाट घर फर्कने क्रममा आगलागीमा परी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: