बेचबिखनविरुद्ध मेची–महाकाली अभियान


प्रकाशित मिति :2018-02-26 15:37:35

-महिला खबर-

नेपालगञ्ज । माइती नेपालले मानव बेचबिखनविरुद्ध पश्चिमको महेन्द्रनगर र पूर्वको झापाबाट मेची–महाकाली अभियान शुरु गरेको छ ।

‘हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज’ नारा रहेको अभियान नेपालगञ्ज र बर्दियामा सम्पन्न भएको छ । अभियान अन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्‍याली र सभाको आयोजना गरिएको थियो । र्‍यालीमा नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको थियो ।

सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा प्रयासको आवश्यक रहेको बताएका थिए ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले अभियान अन्तर्गत दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन हुँदै १६ गते हेटौँडासम्म पुग्ने बताए । त्यसै दिन पूर्वको झापाबाट शुरु भएको अभियान पूर्व क्षेत्रका जिल्लामा जनचेतना जगाउँदै हेटौँडा पुगेपछि संयुक्तरुपमा अभियानको समापन गरिने कोइरालाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: