-महिला खबर-
ललितपुर । महिलालाई ब्ल्याकमेलिङ गरेर बलात्कार गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दूतावासमा कार्यरत ४६ राजेन्द्र आचार्य रहेका छन् । पूर्वसैनिक समेत रहेका आचार्यले प्रेमीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्ल्याकमेलिङ गरेर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ ।
दुई महिलाले उनीविरुद्ध जाहेरी दिएसँगै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरी मुद्दा अघि बढाएको छ । नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौं स्थित अमेरिकी दूतावासमा सेक्युरिटीका रुपमा कार्यरत थिए ।
आचार्यले नयाँ बसपार्कमा जाने महिलाको सूचना संकलन गर्ने गरेको प्रहरीले जनाएको छ । महिलाहरु गेष्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीको भनाई छ ।
आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लिएर गई जर्बजस्ती सम्बन्ध राख्दै आएको खुलेको महानगरीय वृत्तले जनाएको छ । आचार्यलाई जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
Comment Here!