‘मानवबेचविखन नियन्त्रण ऐन संशोधन गर्नुपर्ने’


प्रकाशित मिति :2018-02-26 16:57:37

–महिला खबर–
ललितपुर । वैदेशिक रोजगारीमा जाने महिलाको  शारीरिक र मानसिक शोषणलाई मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले समेट्न नसकेको भन्दै ऐन संशोधन गर्न सरकारलाई सुझाव दिइएको छ ।


मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुले सुझाव दिएका हुन् । महिला, कानुन र विकास मञ्च(एफडब्लुएलडी)ले वैदेशिक रोजगारीमा श्रमिकमाथि हुने श्रम शोषण र अन्य शोषणलाई पनि मानव बेचविखन ऐनले समेट्नु पर्ने भन्दै सरकारलाई सुझाव नै पेश गरेको छ ।

संशोधित ऐनमा श्रम शोषण र अन्य शोषणलाई पनि समेट्न सुझाव दिइएको छ । वैदेशिक रोजगार ऐन,२०६४ ले पनि वैदेशिक रोजगार गएका व्यक्ति बेचबिखनमा पर्छन् भन्ने कुरा यसको दफमा उल्लेख गरिएको छैन् ।

वैदेशिक रोजगारमा गएका व्यक्ति ठगी र बेचबिखनमा परेमा दोहोरो मुद्दा चलाउने व्यवस्था ऐनमा उल्लेख गर्नु पर्ने अधिवक्ता सविन श्रेष्ठले बताए । वर्तमान ऐनमा वैदेशिक रोजगारीमा जाँदा ठगी र बेचबिखन परेको व्यक्तिले ठगी मुद्दा मात्रै दर्ता गर्ने व्यवस्था छ ।

एउटै व्यक्ति बेचबिखन र ठगीमा परेमा दुवै मुद्दा एकै पटक कारबाही प्रकृया अगाडी बढाउन मिल्ने व्यवस्था ऐनमा गरिएमा पीडितलाई न्याय पाउन सजिलो हुने श्रेष्ठको भनाइ छ ।

वैदेशिक रोजगार ऐनले ठगीलाई मात्र समेटेको र बेचविखनलाई नसमेटेकाले यसको परिभाषा नै परिवर्तन गर्नु पर्ने अधिवक्ता रोशना प्रधानले बताइन् ।

वैदेशिक रोजगारको माध्यामबाट कुनै व्यक्ति मानवबेचविखन तथा ओसारपोसारमा परेमा वैदेशिक रोजगार ठगी र बेचविखनको मुद्दालाई एक पटक चलाउन मिल्ने गरि नजिकैको प्रहरी कार्यालयमा सिफारिस गर्ने व्यवस्था गर्न सक्ने गरि ऐनमा संशोधन गर्नुपर्ने देखिएको अधिवक्ता प्रधानले बताइन् ।

वैदेशिक रोजगार ऐन २०६४ लाई परिमार्जन गर्दै वैदेशिक रोजगार मातहतको कार्यालय र वैदेशिक रोजगार न्यायधिकरणलाई नेपालका सात वटा प्रदेशमा स्थापना गर्नु सुझाव दिइएको छ ।

सातओटै प्रदेशमा मानवबेचविखन बिरुद्दको छुट्टै व्युरो स्थापना गर्नु पर्दछ । वैदेशिक रोजगारका मुद्दाहरु अनुसन्धान गर्ने अनुसन्धान अधिकृतको संख्या कम हुँदा पीडिले न्याय पाउन सकेका छैनन् । त्यसकारण मुद्दाको संख्याको आधारमा अनुसन्धान अधिकृतको संख्या बढाउनु पर्ने उनले बताईन् ।

वैदेशक रोजगार विभागको कार्यालयमा महिलासँग सम्बन्धित संवेदनशिल मुद्दा दर्ता गर्नाका लागि छुट्टै कक्षको स्थापना गर्नु पर्छ । यस्तो मुद्दाहरुको अनुसन्धान महिला अधिकृतबाट गर्नु पर्छ ।

वैदेशिक रोजगार सम्बन्धि समस्या समाधानका लागि श्रम मन्त्रालय, गृह मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र यस अन्तरर्गतका नेपाल प्रहरी, वैदेशिक रोजगार विभाग तथा माहान्यायधिवक्ताको कार्यालयबीच समन्वय हुनुपर्ने उनीहरुको सुझाव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: