आइरन चक्की दिनुपर्ने गर्भवतीलाई जुकाको औषधि


लापरबाही गर्ने कर्मचारीमाथि कारबाही गर्ने सहमति

प्रकाशित मिति :2018-02-27 17:10:26

–महिला खबर–

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–५ की एक गर्भवती महिलालाई अस्पतालले आइरन चक्की दिनुपर्नेमा जुकाको औषधि(अल्वेण्डाजोल) दिएको पाइएको छ । 

सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले गत मंसिर ४ गते जुकाको औषधि (अल्वेण्डाजोल) दिएको पाइएको हो । खत्रीले ७० वटा चक्की खाइसकेकी थिइन् । गत माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर खत्रीले स्वास्थ्य परीक्षण गराएकी थिइन् ।

गलत औषधी दिएको भन्दै परिवारले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी समेत दिएका छन् । खड्काको पेटको शिशु अहिले सात महिना पुग्यो । स्वास्थ्य परिक्षणका क्रममा आमा र शिशुको अवस्था ठिक देखिए पनि शिशुको तौल भने कम रहेको पीडितले बताएका छन् ।  

यस्तै आइरनको कमीले आमा र शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरि लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भवती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने पीडित पक्षले माग गरेका छन् ।

अस्पतालका प्रमुख डा.रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र शिशुको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए ।

चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अलबेण्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको न्यौपानेको भनाइ छ । 

बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल, बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा.न्यौपाने र पीडित परिवारबीच विभिन्न बुदामा सहमति भएको छ । 

लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको नगरपालिकाकी उपप्रमुख बरुवालले महिला खबरलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘यसमा स्वास्थ्यकर्मीको लापरवाही देखिन्छ, कर्मचारीले अझै स्विकारेको अवस्था छैन् ।’

स्त्रीरोग विशेषज्ञ डा. जमुना पौडेल भन्छिन्, ‘गर्भवती महिलालाई जुकाको औषधी एक पटक दिने हो । तर यो हाइ डोज भयो । यसले आमा र शिशु दुवैलाई असर गर्न सक्छ ।’

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: