यसकारण परिमार्जन गरिनुपर्छ वैदेशिक रोजगार ऐन


प्रकाशित मिति :2018-02-28 14:33:42

–महिला खबर–

ललितपुर । वैदेशिक रोजगार ऐन, २०६४ को परिभाषामा वैदेशिक रोजगारमा जाने कामदार, पठाउने कम्पनी र सञ्चालकलाई समेटिएको छ ।
ऐनको परिच्छेद—९ को महल कसुर र दण्ड सजायमा मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा गएमा व्यक्तिहरू श्रम शोषणमा परे, सरकारले खुला नगरेको देशमा पठाए, इजाजत प्रप्त नगरेका कम्पनीले विदेश पठाएमा र नाबालकलाई वैदेशिक रोजगारमा पठाए ती एजेण्टलाई केही कैद र जरिवानाको व्यवस्था गरेको छ ।

ऐनले वैदेशिक रोजगारीका क्रममा हुने मानव बेचबिखनको कुरालाई समेटेको छैन । ऐनमा वैदेशिक रोजगारको मुद्दामा मानव बेचबिखनको कसुरको अवस्था भएमा के गर्ने भन्ने कुरा समेत स्पष्ट छैन ।

वैदेशिक रोजगारमा गएका व्यक्ति श्रम शोषण सँगै बेचबिखनमा परे कस्तो सजाय हुने भन्ने कुरा ऐनमा उल्लेख नभएकाले पीडितलाई न्याय दिलाउन समस्या परेको भन्दै महिला, कानुन र विकास मञ्चले ऐनको संशोधनका लागि सरकारलाई सुझाव दिएको छ ।

ऐनमा वैदेशिक रोजगारीमा गएर व्यक्ति अलपत्र भएमा के गर्ने भन्ने कुरा उल्लेख छैन । वैदेशिक रोजगारमा जाने कामदारको अधिकारलाई नसमेटेकाले सुरक्षित स्वदेश फिर्ता, सूचनाको हकलाई पनि ऐनमा थप गर्नु पर्ने सुझावमा राखिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५५ मा एउटा कम्पनीमा काम गर्ने भनि करार सम्झौता गरि सो भन्दा कम पारिश्रमिक पाउने गरि काम नै फरक पारेर अर्को कम्पनीमा काममा लगाएमा वा जुन कामका लागी वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाइ अर्को काममा लगाएमा वा जति पारिश्रमिक दिने हो सो भन्दा कम काममा लगाएमा, इजाजत पत्रवालालाई एक लाख रुपैयाँ जरिबाना गर्नेछ । र, जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतवालाबाट कामदारलाई भराइ दिनुपर्ने उल्लेख छ ।

ऐनको यो व्यवस्थाले वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखन अपराधलाई बेवास्ता गरेको छ ।

व्यक्तिलाई इच्छा विपरित एउटा काम भनि अर्को काममा लगाउने, जति पारिश्रमिक दिन्छु भनि करार गरेको थियो त्यो भन्दा कम पारिश्रमिक दिने जस्तो कार्य मानव बेचबिखन अपराधको दायरा भित्र आउने भएकाले यसलाई ऐनमा समेट्नु पर्ने अधिवक्ता रोशना प्रधानले बताइन् । यो ऐन अहिले संशोधन प्रकृयामा छ ।

मानव बेचबिखन ऐन २०६४ को परिभाषा खण्डमा शोषण शब्द उल्लेख गरेको छ । शोषण शब्दको अर्थले यौनशोषण मात्रैलाई समेटेको छ । यौन शोषण बाहेकको अन्य शोषणलाई समेट्न सकेको छैन् । परिभाषामा श्रम शोषणलाई पनि थप्नु पर्ने र श्रम शोषणका लागि लागि व्यक्तिको सहमति बिना गरिने भर्नालाई पनि बेचबिखनमा समेट्नु पर्ने सुझाव दिइएको छ ।

वैदेशिक रोजगारको माध्यमबाट यदि कुनै व्यक्ति मानव बेचबिखन तथा ओसारपोसारमा परेमा मानव बेचबिखन तथा ओसारपोसार ऐन (नियन्त्रण) २०६४ अनुसार मुद्दा लाग्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखनलाई यो ऐनले समेट्न नसकेको अधिवक्ता सविन श्रेष्ठले बताए । जसले गर्दा वैदेशिक रोजगारीमा पठाउने भनि बेचबिखन गरेका अधिकांश मुद्दा असफल हुने गरेको उनले बताए ।

वैदेशिक रोजगारको माध्यमबाट यदि कुनै व्यक्ति मानव बेचबिखन तथा ओसारपोसारमा परेमा मानव बेचबिखन तथा ओसारपोसार ऐन (नियन्त्रण) २०६४ अनुसार मुद्दा लाग्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

यस ऐन अन्र्तगतका निकायमा वैदेशिक रोजगारका माध्यामबाट बेचविखनमा परेको मुद्दामा आए नजिकैको प्रहरी कार्यालयमा अनिर्वाय मुद्दा दर्ता गराउने व्यवस्था थप गरि ऐनमा संशोधन गर्नु पर्ने देखिएको श्रेष्ठले बताए ।

उनले भने, ‘यस्तो मुद्दालाई मानव बेचबिखन अन्तर्गत चलाउन सक्ने गरि सिफारिस गर्ने व्यवस्था ऐनमा थप गर्नुपर्छ ।’

वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै वैदेशिक रोजगार र मातहतका कार्यालय र वैदेशिक रोजगार न्यायधिकरणलाई सात प्रदेशको राजधानीमा स्थापना गर्नुपर्ने भनि सुझाव दिइएको छ ।

वैदेशिक रोजगारीमा गएका व्यक्ति मानव वेचबिखनमा परेको अवस्थामा वैदेशिक रोजगार र मानव बेचविखनमा छुट्टा—छुट्टै मुद्दा चलाउन कानुनले बाधा नपार्ने भनि ऐनमा थप गर्नु पर्ने अधिवत्ता श्रेष्ठले बताए । कानुनी अस्पष्टता भएकाले अहिलेसम्म यो कसुरमा मुद्दा चलाइएको छैन ।

नेपालमा प्रत्येक वर्ष दशदेखि १५ हजार नेपाली महिला भारतमा बेचिने गरेका छन् । २० देखि २५ हजार घरेलु कामदार यौन हिंसामा परेका छन् ।

श्रम शोषण गर्नु भनेको पनि मानव बेचबिखन तथा ठगी भएकोले यसलाई दक्ष अनुसन्धान अधिकृतको व्यवस्था सहित सातै प्रदेशमा कार्यालयहरू लैजानुपर्ने व्यवस्था ऐनमा थप गर्नुपर्ने सुझाव दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: