मैना सुनार हत्या प्रकरण, सर्वोच्चले माग्यो मिसिल


प्रकाशित मिति :2018-02-28 15:13:44

–महिला खबर–

ललितपुर । सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ जिल्ला अदालत काभ्रेको फैसला बदर माग दावि गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउन आदेश गरेको छ । काभ्रेकी मैना सुनारको द्वन्द्वकालमा बलात्कारपछिं हत्या गरिएको थियो ।

नेपाली सेनाका तर्फबाट प्राड (कानुन विभाग)ले दर्ता गराएको रिटमा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार आदेश जारी गर्दै जिल्ला अदालतको फैसला र अनुसन्धानको मिसिल फाइल झिकाउन आदेश गरेको हो ।

सर्वोच्चले कात्तिक १९ मा मिसिल झिकाउन आदेश जारी गरे पनि फाइल नआएपछि दोस्रो पटक मगाइएको हो ।

सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालतको मिसिल फाइल, नेपाली सेनाले गरेको कारबाही सम्बन्धी निर्णयको फाइल झिकाउन आदेश जारी गरेको थियो ।

मैना सुनार ,           फायल फोटो

नेपाली सेनाको तर्फबाट प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कटवाललाई वारेस राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सैनिक अदालतले तीनजना सैनिक अधिकृतमाथि सैनिक नियमअनुसार कारबाही गरिसकेकाले दोहोरो कारबाही गर्नु नपर्ने भनी नेपाली सेनाले १६ भदौमा मुद्दा दायर गरेको थियो ।

३ वैशाख ०७४ मा काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले नेपाली सेनाका अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्षको जेल सजाय र बहालवाला नेपाली सेनाका मेजर निरञ्जन बस्नेतलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि सेनाले भने विभागीय कारबाही भइसकेको भन्दै उक्त आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेको थियो ।

काभ्रे जिल्ला अदालतले मैना सुनार हत्याकाण्डमा अभियोग लागेका मध्ये सेनाका मेजर निरञ्जन बस्नेतलाई सफाइ दिएपछि कारबाहीको माग गर्दै मैनाकी आमा देवी सुनारले उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधीन छ ।

देवीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश भानुभक्त शर्माको एकल इजलासले मेजर बस्नेतको विषयमा पुनरावेदन गर्न नपर्नुका आधार र कारणसहित लिखित जवाफ पेस गर्न महान्यायाधिवक्ता कार्यालयका नाममा आदेश जारी गरेको थियो ।

देवीले महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उक्त रिटको पेसी २३ फागुनमा तोकिएको छ । बहालवाला मेजर बस्नेतको सफाइपछि पुनरावेदन गर्न नपर्नुको कारण र आधारसहित महान्यायाधिवक्ता कार्यालयले लिखित जवाफ पेस गरिसकेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए ।

‘सेनाका मेजर बस्नेतको विषयमा पुनरावेदन गर्न नपर्नुका आधार र कारणसहित हामीले लिखित जवाफ पठाइसकेका छौँ’, उनले भने । बस्नेतलाई काभ्रे जिल्ला अदालतले ३ वैशाख ०७४ मा सफाइ दिएपछि पुनरावेदन हुनुपर्ने माग गर्दै मैनाकी आमाले रिट दायर गरेकी थिइन् ।

काभ्रे जिल्ला अदालतले मेजर बस्नेतलाई सफाइ दिएको विषयमा उच्च अदालत सरकारी वकिलले त्रुटिपूर्ण थियो भनी पुनरावेदन गर्नुपर्नेमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्नुनपर्ने भन्दै उच्च अदालत सरकारी वकिल कार्यालयलाई पत्र लेखेको थियो ।

बस्नेतलाई सफाइ दिने उक्त फैसलापछि मैनाकी आमा देवीले २७ साउनमा उच्च अदालत पाटनमा रिट दायर गर्दै बस्नेतलाई कारबाही हुनुपर्ने माग गरेकी थिइन् । ‘काभ्रे जिल्ला अदालतले मैना सुनार हत्या विषयमा फैसला गरेपछि मेजर बस्नेतका विषयमा जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयलाई फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएकी थिइन्’ रेग्मीले भने ।

महान्यायाधिवक्ता कार्यालयमा मैनाकी आमा देवीको निवेदन आएपछि फैसला पुनरावेदन नगर्नू भनी जिल्ला सरकारी वकिल कार्यालय काभ्रेलाई पत्र पठाइएको थियो ।

काभ्रेको पाँचखाल खरेलथोककी १५ वर्षीय मैना सुनारलाई ५ फागुन ०६० मा वीरेन्द्र शान्ति तालिम केन्द्रबाट गएको नेपाली सेनाले घरबाट पक्राउ गरेको थियो ।

सेनाबाट बेपत्ता बनाइएकी मैनाको ५ वैशाख ०६१ मा मृत्यु भएको खबर घरपरिवारलाई दिइएको थियो । उक्त घटनापछि मैनाका बाबु पूर्णबहादुर र देवीले २१ मंसिर ०६२ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा नेपाली सेनाका चारजना अधिकृत विरुद्ध उजुरी दिएका थिए । द्वन्द्वकालीन घटनाको मुद्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि मैनाको परिवार सर्वोच्चमा गएको थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: