किशोरीको भोक हड्तालले बनायो शौचालय


प्रकाशित मिति :2018-02-28 17:07:46

ललितपुर । १३ वर्षीया किशोरीले घरमा शौचालय निर्माण गर्न दबाब स्वरुप दुई दिनसम्म भोक हड्ताल गरिन् । यही दबाबको कारण उनको घरमा शौचालय तयार भयो ।

यो घटना भारतको कर्नाटक राज्यको बल्लारी जिल्लाको सिरुगुपा गाउँको हो । कक्षा ७ मा अध्ययनरत एच महाकाली नाम गरेकी एक किशोरी ग्राम पञ्चायतले सचेतना प्रवाह गर्न आयोजना गरेको एक कार्यक्रममा सहभागी भइन् । त्यहाँ उनले शौचालयको महत्वका बारेमा जान्ने मौका पाइन् । उक्त कुराले उनलाई उत्साहित बनायो र यो कदम चालिन् । अहिले उनी उक्त गाउँको प्रेरकको रुपमा चिनिन्छन् ।

दुई वर्षदेखि उनको परिवारलाई शौचालय निर्माण गर्न अनुरोध गरिएको हो तर उनको परिवारले शौचालय बनाएका थिएनन् । यहि फेब्रुअरी महिनाको पहिलो हप्तामा महाकाली जागरण कार्यक्रममा सहभागी भइन् । त्यसपछि उनी शौचालय नबन्दासम्म भोक हड्ताल गर्ने निर्णयमा पुगिन् ।

जबसम्म बुवा–आमाले शौचालय निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेनन् तबसम्म उनी पानी समेत नपिई बसिन् । बुवा–आमाले अनेक कुरा गरी उनलाई फकाउन खोजे तर उनी पूरा दुई दिन निराहार बसिन् ।

उक्त कुरा गाउँ पञ्चायतसम्म पुग्यो र गाउँ पञ्चायतका सदस्यहरु तथा कर्मचारीहरुले उनलाई भोक हड्ताल बन्द गर्न अनुरोध गरे । तर उनी मानिनन् । अन्तमा बाध्य भएर शौचालय निर्माण गर्न अधिकारीहरुले काम थाले । फेब्रुअरीको दोस्रो हप्तामा उनको घर अगाडि शौचालय तयार भयो ।

उनका बुवा एच मल्लेशले भने, ‘हामीसँग राम्रो घर छैन । जब मेरी छोरीले खाना र पानी नै लिन अस्वीकार गरिन् तब मलाई लज्जा बोध भयो । मैले उनलाई फकाउन निकै कोशिश गरें । गाउँ पञ्चायतका अध्यक्ष, सचिव तथा अरु सदस्यहरु घरमा आउनुभयो, छोरीसँग कुरा गर्नु भयो र शौचालय निर्माणको काम पनि शुरु भयो । अहिले मानिसहरु उनको प्रतिवद्धताको प्रशंसा गरिरहन्छन् । मलाई गर्व महशुस भएको छ कि उनी रातारात गाउँको मोडल बनिन् ।’

गाउँ पञ्चायतका अध्यक्ष राजगोपाल रेड्डी भन्छन्, ‘जब मैले महाकालीको मागको बारेमा थाहा पाएँ, मैले सचिवलाई छलफलको लागि तुरुन्तै पठाइहालें । त्यसपछि हामी उनको घरमा गयाै‌ र ढिलो नगरिकन शौचालय निर्माणको काम थाल्यौं । जब काम शुरु भयो उनी खुशी हुँदै मुस्कुराईन् ।’

महाकाली भन्छिन्, ‘विद्यालयमा आयोजना गरिएको शौचालय सम्बन्धी जागरण कार्यक्रमले मलाई प्रभावित पार्यो । धन्न अहिले मेरो माग पूरा भएको छ । अब गाउँका मनिसहरुले खुल्ला ठाउँमा दिसा गर्ने काम बन्द गर्नुपर्छ ।’

ती किशोरी अध्ययनरत विद्यालयकी एक शिक्षक आफ्नो विद्यार्थीको उक्त कदमप्रति गर्व गर्छिन् । उनी भन्छिन्, ‘जब हामीले महाकालीले घरमा शौचालय निर्माण गर्न दबाब स्वरुप भोक हड्ताल गर्ने निर्णय गरिन् भन्ने सुन्याै‌, हामी अत्यन्तै हर्षित भयौं । यो कदमले उनलाई यो गाउँको राजदूत नै बनाइदिएको छ र गाउँलेहरुले उनको प्रशंसा समेत गर्न थालेका छन् ।’

साभारः– टाईम्स अफ ईण्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: