‘नेपालका मुख्य शहरमा बालबालिकाहरू यौन शोषणमा’


प्रकाशित मिति :2018-02-28 17:25:03

-महिला खबर-
काठमाडौं । समाजमा बढ्दै गएको मानव बेचबिखन तथा व्यवसायिक बाल यौन शोषण नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।

एक सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल(एटविन)को आयोजनामा काठमाडौंमा भएको संचारकर्मीसँग संवाद कार्यक्रममा सहभागिहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा एटविनका कार्यसमिति सदस्य इन्द्रराज भट्टराईले नेपालमा वैदेशिक रोजगारका नाममा महिलाहरू बेचबिखनमा पर्ने क्रम बढ्दो रहेको भन्दै यसलाई रोक्न सञ्चार माध्यमले गाउँगाउँमा सूचना प्रवाह गर्नुपर्ने बताए । हाम्रै देशमा पनि काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा थुपै्र बालबालिकाहरू यौन शोषणको चपेटामा पर्ने गरेको उनको भनाइ छ ।
उनले भने, ‘अब हामी मानव बेचबिखन शून्य समाज निर्माण गर्न एकजुट हुनुपर्ने अवस्था आएको छ ।’

कार्यक्रममा एटविनकी कार्यकारी निर्देशक बेनु माया गुरुङले कार्यपत्र प्रस्तुत गर्दै महिलाहरू पेशाका नाममा श्रम शोषण, यौन शोषण, बेचबिखन र दासत्व समानको अवस्थामा रहेको बताइन् । महिलाले काम गर्ने रेष्टुरेन्ट, डाक्सबार लगायतका क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन सोच्नुपर्ने गुरुङले बताइन् ।

वरिष्ठ पत्रकार टंक पन्तले समाजमा रहेको विक्रिति विसंगतीलाई सूचनाको माध्यमबाट उजागर गर्नुपर्ने बताए । उनले पछिल्लो समय बेचविखनको अवस्था र स्वरुपमा समेत परिवर्तन भएको बताए ।

एटविनकी अध्यक्ष अन्जना शाक्यले समाजमा महिलालाई हेर्ने दृष्ट्रिकोण नै नकारात्मक रहेको भन्दै सोचाइमा परिवर्तनको खाँचो रहेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: