ललितपुर । एक महिलाले थेसारस डट कममा रहेको अंग्रेजी शब्द ‘फेमिनिन’लाई चुनौति दिएकी छिन् । ‘फेमिनिन’ शब्दको पर्यायवाची शब्दहरु निकै ‘हाँसो लाग्दो’ रहेको भन्दै एक महिलाले टिप्पणी गरेपछि थेसारस डट कमले आफ्नो शब्द भण्डारको पुनरावलोकन गर्ने भएको छ ।
काया डे नाम गरकी एक महिलाले थेसारस डट कममा खोज्दा ‘फेमिनिन’ शब्दको लागि प्राप्त सीमित छनौटहरुबाट निराश भएर आफ्ना गुनासाहरु पोख्दै थेसारस डट कमलाई चिट्ठि लेखेकी थिईन् ।
उनले ‘फेमिनिन’ शब्दको लागि अपेक्षा गरेका पर्यायवाची शब्दहरु ‘कमप्याशनेट’ (दयालु) वा ‘इन्ट्टयूटिभ’ (सहज/स्वतस्फूर्त) थियो । तर त्यहाँ खोज्दा उनले ‘डेन्टी’, ‘सफ्ट’, ‘टेन्डर‘ (कोमल/नरम) जस्ता शब्दहरु मात्र भेट्टाइन् ।
उनी भन्छिन् – उनी थुप्रै प्रकारका शब्दहरु समेट्ने प्रयासमा छिन् ताकि लैङ्गिकताको विषयमा आएको सामाजिक उजागरता अंग्रेजी भाषाले समेट्न सकोस् ।
उनले शब्दकोशहरु र पर्यायवाची शब्द भण्डारहरुले लैङ्गिकताको विषयमा आफ्ना दस्तावेजहरु समसमायिक बनाउनु पर्ने आवश्यकता औंल्याएकी छिन् ।
साभारः– बीबीसी
Comment Here!