स्थानीय तहमा कानूनी सल्लाहकारको अभाव


प्रकाशित मिति :2018-03-02 15:37:22

–महिला खबर–
काठमाडौं । ललितपुर र भक्तपुरका उप-प्रमुखहरूले कानूनी सल्लाहकारको अभावमा न्यायिक समितिको काम गर्न अफ्ठेरो परेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम समकोणको छलफलमा बुढानिलकण्ठ नगरपालिका काठमाडौंकी उप प्रमुख रमादेवी राईले आफू राजनीतिक पृष्ठभूमिबाट आएको र कानूनी विषयबारे धेरै जानकारी नहुँदा न्यायिक प्रक्रियामा अफ्ठेरो परेको बताइन् ।

न्याय सम्पादनका क्रममा अन्योल बढेपछि उनले चिनेजानेकै एकजना अधिवक्तालाई सल्लाहकारका रुपमा राखेकी छन् । तर अधिवक्ताको सेवा सुविधा के हुने भन्नेबारे आफूहरू अनभिज्ञ रहेको उनले बताइन् ।

सुर्यविनायक नगरपालिका, भक्तपुरकी उप प्रमुख जुना बस्नेतले उजुरी सुनुवाईका लागि बेग्लै कोठा नहुँदा पीडितको गोप्यता कायम राख्न कठिन भएको गुनासो गरिन् । नगरपालिकाले कानूनी सल्लाहकार राख्न पाउने वा नपाउने भन्नेबारे स्पष्ट कानूनी व्यवस्था नहुँदा आफूले पनि राख्न नसकेको उनको भनाइ छ ।
महालक्ष्मी नगरपालिका ललितपुरकी उप प्रमुख निर्मला थापाले पनि कानूनी सल्लाहकारको अभावमा न्याय सम्पादनमा कठीन भएको बताइन् । यस्तै उप प्रमुखहरूले पनि बजेट चलाउन पाउनुपर्नेमा उनीहरूको जोड थियो ।

छलफलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले सबै गाउँपालिका र नगरपालिकाले कानूनी सल्लाहकार राख्न पाउने स्पष्ट पारे । तर उनीहरूको सेवा र सुविधा स्थानीय स्रोतबाटै गरिनुपर्ने तामाङको भनाइ थियो ।कार्यक्रम समकोणको यो अंक आज फागुन १८ गते शुक्रबार वेलुकी ९ः०० देखि १०ः०० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: