गौदामचौर सामूहिक बलात्कार घटनाः पीडित नै विस्थापित


प्रकाशित मिति :2018-03-04 13:49:30

–महिला खबर–

ललितपुर । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका पीडित विस्थापित भएका छन् । बलात्कारी आरोपितलाई प्रहरीले पक्राउ नगरेका कारण असुरक्षा महसुस गर्दै पीडितले विस्थापित हुनुपरेको हो ।

‘घरमा बस्ने वातावरण भएन । बलात्कारीहरू पनि चिनेजानेकै मान्छे । प्रहरीले पक्राउ समेत गरेन । बलात्कारीबाटै असुरक्षा महसुस भएपछि घर छोडेका हौँ’ बलात्कृत महिलाका श्रीमानले महिला खबरसँग भने ।

उनले टेलिफोनमा बताए अनुसार बलात्कारी मध्ये एक जना बलात्कृत अथवा उनकी श्रीमतीकै साथी हुन् । अन्य दुई जना छिमेकी हुन् ।

‘मारेर बलात्कार गर्न सक्ने मान्छेसँग त डराउनै पर्यो’ उनले भने ‘तपाईंसँग फोनमा धेरै कुरा गर्न सक्दिन । भेटेरै कुरा गरौंला । हामी एकदमै असुरक्षामा छौँ ।’ आफ्नी श्रीमतीलाई पहिले ढुंगा प्रहार गरेर कुटपिट गरिसकेपछि बेहोस अवस्थामा (मरिसक्यो भन्ने ठानेर) सामूहिक बलात्कार गरेका कारण उनले यो घटना हत्या पछिको बलात्कार हो भने ।

गएको मंसिर २ गते बेलुकी कामबाट घर फर्किदै गर्दा सामूहिक बलात्कारमा परेकी २१ वर्षीया युवती भोलिपल्ट बाटो मुनिको तोरीबारीमा बेहोस अवस्थामा भेटिएकी थिइन् । एक साता आईसीयूमा उपचार भएपछि मात्र उनको होस खुलेको थियो । उनको दाहिने हात ठाउँठाउँमा टुक्रिएको र टाउकोमा गहिरो चोट लागेका कारण ३० भन्दा धेरै टाका लगाइएको थियो ।

घटनाको हप्ता दिन पछि युवती बोल्न सक्ने भएपछि मात्रै ‘जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योग’ मा पीडितको किटानी जाहेरी दर्ता भएपछि आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर पक्राउ परेका थिए ।

जिल्ला अदालत पाटनले गएको पुस २६ गते जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा पक्राउ परेका तीनै जनालाई साधारण तारिखमा छाड्ने आदेश दिएसँगै तीनै जना रिहा भएका थिए ।

जिल्ला अदालतको आदेश बदर गरि पाउँ भनि उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पाटनमा निवेदन दर्ता भएपछि माघ २५ गते उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणको आधारमा आरोपीलाई थुनामा राख्ने’ आदेश दिएको थियो । तर साधारण तारिखमा रहेका तीनै जना आरोपी आजका मितिसम्म पनि फरार अवस्थामै छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवालले फरार अभियुक्तको लोकेसन ट्रेस गर्ने काम सुरु गरिएको बताउँदै आएका छन् ।

स्मरणीय छ, सामूहिक बलात्कार र ज्यान मार्ने उद्योग जस्तो जघन्य अपराधका पीडितले नै सुरक्षाको अभावमा घर छोड्नुपर्ने अवस्थाले नेपालमा अपराध पीडितको सुरक्षाको अवस्थालाई प्रष्ट पार्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: