– महिला खबर–
काठमाडौं । बारामा ४ वर्षीया बालिका बलात्कृत भएकी छन । जितपुर सिमराकी बालिकालाई उनकै हजुरआमाको घर कोठामा कोही नभएको अवस्थामा ३० वर्षीय मुन्ना आलमले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । मुन्ना आलमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच भक्तपुर चाँगुनारायण नगरपालिका–२ स्थित अग्नी ईटाभट्टामा काम गर्ने सल्यान कालिमाटीकी १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ घर भई सोही ईंटाभट्टामा काम गर्ने ४२ वर्षीय लालबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
Comment Here!