अदालतको फैसला कार्यान्वयन नहुँदा समस्या


प्रकाशित मिति :2018-03-05 14:38:22

–कल्पना भट्टराई–

ललितपुर । काठमाडौं माहानगरपालिका—१३ कि अनिता महर्जनले काठमाडौं जिल्ला अदालतमा अंश चलनको मुद्दा हालिन् । अनिताले २०६९ जेठ १६ मा अदालतमा श्रीमान र श्रीमानको परिवारले हिंसा गरेको भनि श्रीमानबाट अंश पाउँ भनि मुद्दा दर्ता गराएकी थिइन् । २०७० जेठ ३० गते अदालतले अनिताकै पक्षमा फैसला ग¥यो ।

जम्मा जमिनको ००–२५४—०.४० वर्ग मिटरबाट चार भागको एक भागको दुइ भाग (कित्ता नं १३१)बाट जग्गा पाउने भनि अदालतले फैसला गरेको थियो । तर, अनिताले अहिलेसम्म सो जमिन पाएकी छैनन् ।

उनका श्रीमानले आफ्नो भागमा परेको सम्पत्ती सबै सकिएकोले दिन बाँकी केही नभएको भनि अदालतको तहशिल शाखामा सम्पत्तीे विवरणको भरपाइ बुझाएपछि तहशिलदारले तामेलीमा राख्न आदेश गरेको थियो ।

फैसला कार्यान्वयन हुनुपर्नेमा तामेलीमा गएपछि उनलाई अंश पाउन समस्या भएको हो । उनी भन्छिन, ‘अदालतले न्याय गरे पनि आफ्नै श्रीमानले अंश दिन मानेनन्’ । मुद्दा फैसला भएको चार बर्ष बितिसक्यो । अहिलेसम्म अंश नपाउदा समस्या भएको उनले बताइन् ।

अनिता सात बर्षदेखि माइतमा बस्दै आएकी छन् । विहे भएको एक महिनामै श्रीमानको परिवारले हिंसा गर्न थालेपछि उनी माइत बस्न थालेकी हुन् । उनका सन्तान छैनन् ।

अनिताको जस्तै समस्या भोगेकी छन्, काठमाडौं थापाथलीकी दिपा गुरुङले पनि । जातपातको कुरा गर्दै श्रीमान र परिवारले शारीरिक र मानसिक यातना दिन थालेपछि उनले ०७३ साउन ३२ गते अदालतमा अंश र मानाचामल मुद्दा हालेकी थिइन् ।

जिल्ला अदालत काठमाडौंले २०७३ चैत्र २२ गते दिपाको पक्षमा फैसला सुनायो । थापाथलीमा भएको १६ कोठाको तीन तले घरको सात भागमा तीन भाग पाउने र मासिक ७ हजार ५ सय पैसा श्रीमानले दिनुपर्ने भनि अदालतले फैसला गरेको थियो । उनका दुइ छोरासहित घरमा तीन भाग लगाइएको हो । तर, अहिलेसम्म घर वण्डा गरिएको छै्रन ।

उनी त्यही घरको एउटा कोठामा दुइ छोरासँगै बस्छिन् । दिपा भन्छिन्, ‘अदालतमा मुद्दाको फैसला भएपछि परिवारबाट मानसिक र शारिरिक यातना भोगे । अंश पाउनु त टाढाको कुरा ।’ घरमा बस्ने अवस्था नभएपछि उनले अदालतमा श्रीमानले कुटपिट गरेको भनि घरेलु हिंसाको मुदा दर्ता गराएकी छन् । उनले काठमाडौंका दिनेश श्रेष्ठसँग प्रेम विवाह गरेकी हुन् ।

मुलुकी ऐन (एघारौ संशोधन),२०५८ को महल १३ को नं १ मा अंशवण्डा गर्दा यस महलको अन्य नम्बरको अधिनमा रहि बाबु, आमा, लोग्ने स्वास्नी, छोरा छोरीहरूको जीयाजीयैको अंश गर्नुपर्छ भनि उल्लेख गरिएको छ ।

झन्झटिलो अदालती प्रक्रियाका कारण अंश पाउन भने लामो झमेला व्यहोर्नु पर्ने अवस्था कायमै छ । अर्को तर्फ अंश चलन मुद्दामा अदालतले अंश दिनु भनि फैसला गरेको लामो समयसम्म पनि श्रीमानबाट अंश नपाउदा महिलाहरू थप समस्यामा पर्ने गरेका छन् ।

जग्गा जमिन धेरै भए पनि टुक्र्याउनुपर्ने झन्झट देखाउने वा थोरै रकम दिने, अदालतमा लामो समयसम्म अल्झिरहने वा ढिलो गरि फैसला हुने भएकाले पीडित झनै समस्यामा पर्ने गरेको अधिवत्ता यशोधा बस्नेतले बताइन् । ‘कतिपय छिटो फैसला भएका मुद्दा पनि कार्यान्वयन प्रकृयामा नजादा महिलाहरू समस्यामा पर्छन्’ उनले महिला खबरसँग भनिन् ।

श्रीमानले सम्पत्ति लुकाउने, उल्टो किर्ते ऋण देखाउने गर्दा श्रीमतीहरूले अंश लिनै छाड्ने गरेका उदाहरणहरू पनि छन् ।

काठमाडौंकी राधा बोहराको २०७२ जेठमा काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भयो । उनले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । अंश लिन लामो समय मुद्दा लड्नुपर्ने तर अंश दाबी छोड्दा भने छिटै सम्बन्ध विच्छेद हुने देखेपछि उनले अंश दाबी छोडिदिइन् । राधाको जस्तै घटना धेरै छन् ।

जग्गा जमिन धेरै भए पनि टुक्र्याउनुपर्ने झन्झट देखाउने वा थोरै रकम दिने, अदालतमा लामो समयसम्म अल्झिरहने वा ढिलो गरि फैसला हुने भएकाले पीडित झनै समस्यामा पर्ने गरेको अधिवत्ता यशोधा बस्नेतले बताइन् । ‘कतिपय छिटो फैसला भएका मुद्दा पनि कार्यान्वयन प्रकृयामा नजादा महिलाहरू समस्यामा पर्छन्’ उनले महिला खबरसँग भनिन् ।

काठमाडौं जिल्ला अदालतको तथ्यांकमा एक वर्षमा ४ सय ९ अंश चलनको मुद्दा दर्ता भएका छन् । त्यस मध्ये १ सय ३ मुद्दा मात्रै फैसला भएका भएका छन् । ३ सय ६ मुद्दा फैसला हुन बाँकी रहेको अदालतका श्रेष्तेदारले कृष्णप्रसाद नेपालले बताए । उनी भन्छन्, ‘दर्ता भएका मुद्दा मध्ये ७० प्रतिशत महिलाले दर्ता गरेका मुद्दा छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: