मोरक्कोको ‘कडा’ गर्भपतन कानूनमा सुधार खोजिदै


प्रकाशित मिति :2018-03-05 14:46:12

ललितपुर । मोरक्कोमा एक वर्षमा २५ हजार भन्दा बढी अनिच्छित गर्भका कारण बच्चा जन्मन्छन् । त्यहाँ जोखिमपूर्ण गर्भपतन पनि भइरहेको छ ।

चिकित्सकहरु र अधिकारकार्मीहरु कानूनमा परिवर्तन ल्याएर सुरक्षित गर्भपतन गराउने प्रावधानको लागि पैरवी गर्दै छन् । दुई वर्ष अगाडि त्यहाँकी नागरिक जोयराका प्रेमीले उनी गर्भवती भएको थाहा पाएपछि उनलाई छाडिदिए । अचानक उनी अनिच्छित गर्भको सामना गर्न पुगिन् ।

मोरक्कोमा गर्भपतन गर्नु अपराधिक गतिविधि मानिन्छ । गर्भपतन गरे जेल सजाय र जरिबाना हुन्छ । विवाहित महिलाको हकमा भने फरक कानूनी व्यवस्था छ । विवाहित महिला जसको गर्भको कारण उनको स्वास्थ्यमा खतरा भएको मेडिकल रिपोर्टले पुष्टि गरेको स्थितिमा बाहेक गर्भपतन गराउनु गैरकानूनी मानिन्छ । स्वास्थ्यमा खतरा भएको घटनामा पनि गर्भपतनको लागि श्रीमानको अनुमति चाहिन्छ ।

‘मेरो जस्तो दुःख कुनै पनि महिलाले भोग्नु नपरोस् । मसँग कुनै पनि विकल्प थिएन र मैले धेरै कोशिश गरें’ ३४ वर्षकी जोयराले भनिन् । उनले गर्भपतन नगर्ने निर्णय गरिन् । उनकी छोरी अहिले १८ महिनाकी भइन् ।

महिला अधिकारमा काम गर्ने एक गैरसरकारी संस्था आइएनएसएफको अध्ययन अनुसार मोरक्कोमा २७ हजार एकल आमा छन् । उनीहरु अनिच्छित गर्भका शिकार भए ।

‘म अढाई वर्षदेखि प्रेमीसँग बस्दै आएको थिएँ । म गर्भवती नहुँदासम्म सबै कुरा ठिक थियो’, आँखाभरि आँशु लिँदै जोयराले भनिन् – ‘जब मेरो गर्भ आठ महिनाको भयो मेरो प्रेमीले मलाई छाडेर हिँड्यो ।’

गैरसरकारी संस्था आइएनएसएफको अनुसार सन् २००९ मा पाँच लाख भन्दा बढी जन्म विवाह नभइकन भएका थिए । प्राध्यापक साफिक स्रैबी राजधानी राबतको एक अस्पतालमा स्त्री रोग विशेषज्ञको रुपमा काम गर्छन् र अवैध गर्भपतनको विरुद्ध एउटा संस्था एफएलएसी चलाउँछन् । उनले अलजजीरालाई भने अनुसार धेरै महिला गर्भपतनको सेवा खोज्दै उनी कहाँ पुग्छन् ।

‘बलात्कार र हाडनाता करणीबाट रहेका अनिच्छित गर्भका लिएर महिला म कहाँ गर्भपतन गराउन आउँछन् । म कहाँ कम उमेरका र मानसिक बिरामी छोरीहरुका अविभावक पनि आउँछन् । त्यसैले म लड्दै छु’ उनले भने ।

उनका अनुसार मोरक्कोको गर्भपतन सम्बन्धी कानूनले सबै प्रकारका जोखिमहरु जसले आमाहरु र बच्चाहरुमा पर्ने नकरात्मक सामाजिक, मानसिक र शारीरिक नतिजाहरुलाई ध्यान नदिएको देखिन्छ ।

साफिक स्रैबी भन्छन्, ‘धेरै महिला हामीबाट सहयोग खोज्छन् तर बलात्कार निषेधित कानूनबाट हाम्रा हातहरु बाँधिएका छन् । ती महिला भ्रूणबाट छुट्कारा पाउन असुरक्षित गर्भपतनको प्रयास गर्छन् र गम्भीर रक्तस्राव वा संक्रमित घाउ लिएर पटकपटक आउँछन् ।’ उनले थपे – केही महिला महंगो शुल्क तिरेर अरु चिकित्सकहरुबाट निजी क्षेत्रमा गोप्य रुपमा गर्भपतन गराउँछन् । ती चिकित्सकहरुलाई स्त्री रोगको ज्ञान नहुन पनि सक्छ ।’

उनका अनुसार बाँकीले आफै गर्भको अन्त्य गर्ने प्रयास गर्छन् । महिला अधिकारकर्मी एैचा सिन्ना भन्छिन्, ‘धेरै महिला गर्भपतन गर्ने वा बच्चा जन्माएर त्याग्ने विचार गर्छन् ।’

स्रैबी दाबी गर्छन् – उत्तरी अफ्रिकन देशहरुमा प्रत्येक दिन ६ सय देखि ८ सय वटा गर्भपतन हुन्छन् ।

‘जबसम्म गोप्य रुपमा सफलतापूर्वक गर्भपतनहरु भइरहन्छन्, सरकारी अधिकारीहरुले हस्तक्षेप गर्दैनन् । तर, जब केही गलत हुन्छ आमाहरु र चिकित्सकहरुलाई जेल पठाइन्छ । हाम्रो देशको समस्या नै यही हो । धेरै बन्देजकारी कानूनहरु छन् र मानिसहरुले यसैको सेरोफेरोमा रहेर पनि आफ्नो काम गैरकानूनी रुपमा गरेर र गराएरै छोड्छन्’ उनले भने ।

साभारः– अल जजीरा  

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: