गौदामचौर बलात्कार घटनाः पीडितका श्रीमान भन्छन्, ‘न्याय पाउने आस मरिसक्यो’


प्रकाशित मिति :2018-03-06 12:18:52

–कल्पना भट्टराई–

ललितपुर । ‘यो विषयमा अब कुरा नगरौ, सबैले झुटा आश्वासन मात्रै दिए, कसैले केही गरेनन् ।’

गौदामचौर सामूहिक बलात्कार घटना पीडितका श्रीमान्ले महिला खबरसँग कुरा गर्दै भने, ‘यो विषयमा कसैसँग कुरा गर्न मनै छैन ।’

पीडितहरू अहिले गाउँबाटै विस्थापित भएका छन् । ललितपुर गोदावरी नगरपालिका गौदामचौरमा घर भए पनि सोही घटनाकै कारण उनीहरू एक महिनादेखि घर छाड्न बाध्य भएका छन् ।

उनी भन्छन्, ‘के गर्नु त्यही घटनाकै कारण श्रीमती लिएर गाउँबाहिर बस्न बाध्य छु । प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन ।’

औषधीपोचार र पीडितलाई न्याय दिलाउनका लागि विभिन्न संघ–संस्थाले सहयोग गर्ने आश्वासन दिएको तर अहिलेसम्म कसैले पनि सहयोग नगरेको उनले गुनासो पोखे ।

उनी भन्छन्, ‘न्यायका लागि महिला आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगे । कसैले हाम्रो कुरा सुनेनन् । प्रहरी र सरकारी वकिल कार्यालयमा त दैनिक धाउँछु । सबैबाट आश्वासन मात्रै पाएको छु । अब त न्याय पाउने आस मरिसक्यो ।’

जिल्ला अदालत पाटनले गत पुस २६ गते जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा पक्राउ परेका रघु रिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई साधारण तारिखमा छाड्ने आदेश दिएसँगै तीनै जना रिहा भएका थिए ।

जिल्ला अदालतको आदेश बदर गरि पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएपछि माघ २५ गते उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणको आधारमा आरोपीलाई थुनामा राख्ने’ आदेश दियो । तर अभियुक्तहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

उच्च अदालते अभियुक्तलाई थुनामा राख्ने आदेश दिएको सात दिनपछि महानगरिय प्रहरी परिसर टेकुले पीडित युवतीका श्रीमानलाई फोन गरेर उल्टै अभियुक्तहरू कहाँ छन्, तपाईले भेट्नु भो भने खबर गर्नुहोला भन्दै फोन गरेको पीडितका श्रीमानले बताए ।

‘मलाई अभियुक्त कहाँ छन्, कसरी थाहा हुन्छ । अपराधी खोज्ने काम त प्रहरीको हैन र ?’ उनी प्रश्न गर्छन् । प्रहरीले अभियुक्त पक्राउ गर्न चासो नदिएको उनले आरोप लगाए । ‘अदालतको आदेश आएको दिनमा खोजी गरेको भए, उनीहरू गाउँमै भेटिन्थे ।’ उनी भन्छन्, ‘सात दिनपछि खोज्न गएर कसरी भेटिन्छन् ? न्यायकालागि अब हामी कुन निकाय धाउने ?’

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवाल ‘फरार अभियुक्तको लोकेसन पत्ता लगाउने काम गरिरहेका छौँ । अभियुक्तलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौ ।’

आर्थिक अभावका कारण उपचारमा समस्या

श्रीमतीको अहिले हातको अप्रेशन भैरहेको उनले बताए । ठाउँ–ठाउँमा टुक्रिएको दाहिने हातको काठमाडौंको एक अस्पतालमा अहिले अप्रेशन भैरहेको छ ।
अस्पतालले अप्रेशनपछि पनि एक हप्ता हस्पतालमै बस्नुपर्ने भनेको उनले बताए । पैसा नहँुदा उपचारमा समस्या भएको छ । उनी भन्छन्, ‘उपचारमा सहुलियत दिन्छन्, कि भन्ने आस थियो, तर कसैले सहयोग गरेका छैनन् ।’

‘दुवै जनाले काम गथ्र्यौ । घर चलाउन सजिलो थियो । अब यस्तो अवस्थाको श्रीमतीलाई छोडेर काम गर्न कता जाउँ । अस्पतालको पैसा कसरी तिर्ने । समस्यामाथि समस्या थपियो ।’

युवतीको दाहिने हात ठाउँठाउँमा टुक्रिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ । उनको टाउकामा ३० भन्दा बढी टाँका लगाइएको छ । उपचारमा तीन लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको उनले बताए ।

यस्तो थियो घटना

गत मंसिर २ गते ललितपुरकै औधोगिक क्षेत्रबाट साँझ ७ बजे घर फर्कने क्रममा महिला निर्धात कुटपीटपछि बलात्कृत भएकी थिइन् ।

२१ वर्षीया उनलाई भोलीपल्ट मात्रै आफन्तले गोदावरी खोला नजिकै तोरीबारीमा फेला पारेका थिए । युवती अर्धनग्न अवस्थामा थिइन्, भने टाउको, हात, खुट्टामा र तिघ्रामा गहिरो चोट लागेको थियो । उनको आइसियुमा राखेर उपचार गरेको एक हप्तापछि होस खुलेको थियो ।

घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिए । जाहेरीका आधारमा ललितपुर गोदावरी नगरपालिका वडा नं १ गोदामचौरकै ३२ वर्षीय रघु रिलवाल, २० वर्षीय पवन कुँवर र २० वर्षकै विशालध्वज कार्कीलाई ललितपुर प्रहरीले पक्राउ ग¥यो ।

पक्राउपछि तीनै जना विरुद्ध प्रहरीले जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्धा हालेका थिए ।
तर जिल्ला अदालतले गत पुस २६ गते प्रतिवादीमाथि लगाइएको आरोप जाहेरीमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा छोडेको थियो ।

यो पनि हेर्नुहोस्

गौदामचौर सामूहिक बलात्कार घटनाः पीडित नै विस्थापित

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: