पर्सामा ८ महिनामा १५ बलात्कारका घटना


प्रकाशित मिति :2018-03-07 10:29:39

–महिला खबर–

वीरगञ्ज । पर्सा जिल्लामा चालु आर्थिक वर्षको ८ महिनामा १५ वटा जबरजस्ती करणी र करणी प्रयासका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार साउनदेखि फागुनसम्म प्रहरी कार्यालयमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा १५ वटा उजुरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले चालु आर्थिक वर्षको ८ महिनामा जर्बजस्ती करणीका ७ र जर्बजस्ती करणी उद्योग ८ वटा उजुरी दर्ता भएको जानकारी दिए ।

‘विशेषगरी चाडवाडको समयमा मादक पदार्थ सेवन गरेपछि यस्ता घटनामा पुरुषहरु संलग्न भएको देखिएको छ ।’ उनले भने ‘प्रहरीकोमा उजुरी आएपछि आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने गरिएको छैन ।’

इन्सेकका पर्सा प्रतिनीधि के.सी. लामिछानेले पर्सा जिल्लामा पछिल्लो समयमा बलात्कार र बलात्कार प्रयासका घटनामा वृद्धि भएको बताए । ‘जनवरी र फेब्रुअरीमा मात्रै ५ वटा घटना बाहिरिएको छ ।’ उनले भने ‘यसले बलात्कार र बलात्कार प्रयासका घटना बढेको पुष्टी गर्छ ।’

लामिछानेले बालिका, किशोरी नातागोताबाटै असुरक्षित भईरहेको बताए । ‘बलात्कारका घटनामा धेरै जसो १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिकाहरु परेका छन् ।’ लामिछानेले भने ‘घटनामा नचिनेका मानिसहरु भन्दा बढी नातागोता र चिनेका मानिसहरुको संलग्नता छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: