श्रीमतीको हत्या गर्ने मुखिया पक्राउ


प्रकाशित मिति :2018-03-07 11:53:19

–रुजु खतिवडा–

पाँचथर । आफ्नै श्रीमतीको विभत्स हत्या गरेर उम्कने प्रयास गरिरहेका फिदिम नगरपालिका–३ का डिकबहादुर मुखिया पक्राउ परेका छन् ।

श्रीमतीको हत्या गरेर प्रहरीमा श्रीमती हराएको उजुरी दिएर उम्कने प्रयास गरिरहेको अवस्थामा पाँचथर प्रहरीले १५ दिनपछि घटनाको यथार्थ पत्ता लगाएको हो ।

६१ वर्षीय डिकबहादुरले ४२ वर्षीया श्रीमती गंगामाया सुनुवार मुखियाको फागुन ५ गते मध्य राती घरमा कोही नभएको मौका छोपी उत्तिसको दाउरा र मुक्का प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसपछि उनले श्रीमतीको शव घर अघिको बारीमा खाल्डो खनेर पुरेपछि त्यसमाथि आलु र तोरी रोपेका थिए ।

मुखियाले प्रहरीलाई दिएको बयान अनुसार फागुन ५ गते गाउँमा एउटा विवाह थियो । डिकबहादुर दिनभर त्यही विवाहमा सरिक भएर रक्सीमा रमे । रक्सीले झम्म भएपछि साँझ उनी घर पर्के । उनी घर आउँदा श्रीमति गंगामाया खाना पकाइरहेकी थिइन् । रक्सी खाएको विषयमा श्रीमान श्रीमतीबिच भनाभन भो । डिकबहादुरले श्रीमतीलाई दाउराले टाउकोमा हाने । गंगामायाको घटनास्थलमै मृत्यु भो ।

श्रीमतीको हत्या गरिसकेपछि डिकबहादुरले त्यही राती घर नजिकैको ३० मिटर पर आलुबारीमा ३ फिट गहिरो खाल्डो खने र त्यही खाल्डोमा गाडे । अनि प्रहरीमा ‘मेरो श्रीमती हराइन्, खोजी दिनु पर्यो’ भनेर निवेदन दिए ।

तर उनको जुक्ति धेरै दिन टिकेन । प्रहरीले घटना केरकार गर्दै जाँदा गंगामायालाई डिकबहादुरले मारेको ठहर भयो र प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरेपछि बल्ल उनले साँचो कुरा बताए । अहिले उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेब गौतमले जानकारी दिए ।

श्रीमती हराएको भनेर उजुरी गरेपछि प्रहरीले व्यापक खोजि ग¥यो । आफ्न्तलगायत विभिन्न स्थानमा खोजी गर्दा समेत गंगामायाको अत्तोपत्तो भएन । मुखियाले शंकास्पद गतिविधि देखाउन थाले । पहिले भन्दा बढी रक्सि खाएर हो हल्ला गर्ने र रुने गर्न थाले । प्रहरीले मुखियाको गतिविधिमाथि अनुसन्धान गरिरहेको थियो ।

गाउँलेले पनि उनैमाथि शंका गरे । घरैमा बस्दै आएका डिकबहादुरको गतिविधिमा शंका देखिएपछि प्रहरीले उनलाई आइतवार नियन्त्रणमा लियो । हिरासतमा राखेर बयान लिने क्रममा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काको कमाण्डमा गएको टोलीले खोजी गर्ने क्रममा गंगामायालाई गाडेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

घरमा छोराछोरी नभएको मौका छोपी मुखियाले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरेर आलुबारीमा पुरेको प्रहरीले जनाएको छ ।
गंगामायाको कंकाल १५ दिनपछि उत्खनन् गरि पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: