काँग्रेसले बनायो कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार


प्रकाशित मिति :2018-03-07 10:28:17

–महिला खबर–

ललितपुर । नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राई दोस्रो संविधानसभामा समानुपातिक सांसद् थिइन्।

विद्या भण्डारी        कुमारी लक्ष्मी राई

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

२०३० सालबाट राजनीतिमा प्रवेश गरेकी राई कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा सांसद बनेका उनको पञ्चायत कालमा हत्या भएको थियो ।

कांग्रेसमा सांसद मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर, एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार बनाएको हो ।

राष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ। फागुन २९ गते निर्वाचन हुनेछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: