पिर्काले हिर्काएर श्रीमतीको हत्या


प्रकाशित मिति :2018-03-07 17:02:58

–महिला खबर–

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४ रारागाउँ प्रितिमा श्रीमान श्रीमती बिच सामान्य विवाद हुदा श्रीमानले पिर्काले हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।

श्रीमानले मदिरा सेवन गरेपश्चात भएको विवादका कारण ५३ वर्षीय तारा बहादुर सुनुवारले पिर्काले टाउकोमा हिर्काउदा उनकी ४४ वर्षीया श्रीमती सुर्यकला सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने सुनवारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय प्रितिमा राखिएको छ । साथै कानुनी कारवाहीको लागि थप अनुसन्धान गर्न सदरमुकाम ल्याउने तयारी भइरहेको निमित्त प्रहरी प्रमुख थापाले बताए । मृतकको लाश पोष्टमार्टमको लागि जिरी पठाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: