–महिला खबर–
ललितपुर । आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूलनाराका साथ श्रमिक महिला दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।
नेपालमा विसं २०१७ सालमा प्रथम पटक श्रमिक महिला दिवस मनाइएको थियो भने वि.स. २०४६ को बहुदलिय व्यवस्था पछि विभिन्न पार्टीका जनवर्गीय संगठन, सरकारी तथा गैर सरकारी निकायहरुले नियमित यो दिवस मनाउदै आइरहेका छन् ।
Comment Here!