रक्षामन्त्रीको कविताः सम्पूर्णतासितको सहयात्रा


प्रकाशित मिति :2018-03-08 14:18:52

–महिला खबर–

ललितपुर । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्षमन्त्री इश्वर पोखरेलले कविता वाचन गरेका छन् ।

नेपालका २ सय जना ऐतिहासिक महिलाको फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न आज नेपाल कला परिषद बबरमहल पुगेका रक्षामन्त्री पोखरेलले आफ्नो मन्तव्यपछि महिलाहरुका सहभागिता देखेर कविता वाचनमा हौसिए ।

भने, ‘यहाँ तपाईंहरु जस्ता महिलाको सहभागिता देखेर मलाई पनि कविता वाचन गर्न मन लाग्यो ।’ आफ्नो आइफोन निकालेर उनले कविता वाचन थाले । उनको कविताको शिर्षक छ, ‘सम्पूर्णतासितको सहयात्रा’ ।

सम्पूर्णतासितको सहयात्रा

वात्सल्यताको छाता ओडेर
निश्चलता सहित छुनुमुनु गर्ने
सुन्दर छोरीको रुपमा ….. ।

आदर, माया, भरोसा र विश्वास गर्ने
स्वप्नदर्शी बहिनीको रुपमा …. ।

आड, भरोसा तथा आवश्यक पर्दा
ढाडस दिने दिदीका रुपमा …. ।

माया, विश्वाससहित जीवनभरी
बाँच्ने मर्ने संकल्प गर्ने,
मायाको पोखरीमा सम्पूर्ण रुपमा
पौडिनसिकाउने प्रेमिकाको रुपमा …. ।

सम्पूर्ण रुपमा समर्पित
सुख दुःखमा सँधै हिस्सेदार पानीको रुपमा …. ।

ममता, स्नेह र संरक्षणकी अजश्रश्रोत
आमाको रुपमा …. ।

अर्थात् …
मतिमीलाई सम्पूर्णतामा देख्न चाहन्छु,
त्यस्ती ‘तिमी’सित सहयात्रा चाहन्छु … ।

– इश्वर पोखरेल, रक्षामन्त्री

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: