‘महिला सामाजिक, आर्थिक रुपले पछाडि’


प्रकाशित मिति :2018-03-08 14:31:08

–महिला खबर–

काठमाडौं । श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिलाले राजनीतिक रुपमा धेरै अधिकार पाए पनि सामाजिक र आर्थिक हिंसाबले अहिले पनि महिलाहरू पछाडि परेको बताएकी छन् ।

१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मन्त्रालयद्धारा आयोजित ¥यालिको रत्नपार्कस्थिती शान्तिबाटिकामा समापन गर्दै मन्त्री थापाले भनिन्, ‘समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिएको छ । महिलाले गरेका कामलाई नपत्याउने स्थिति छ ।’

थापाले अन्धविश्वास, परम्पराको नाममा, बोक्सी, छाउपडी र विभिन्न संस्कारको नाममा महिलाहरू उत्पीडन र अमानवीय व्यवहार सहन बाध्य भएको बताइन् । उनले अहिले पनि समाजमा महिलाहरूलाई सम्मानजनक ढंगले नहेरिने गरेको बताइन् ।

अहिले राजनीतिक परिवर्तन भए पनि हिजोदेखिको सामाजिक सोच र पितृसतात्मक चिन्तन परिवर्तन हुन नसकेको थापाले बताइन् ।

मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले लैंगिक असमानता अन्त्य गरि सामाजिक र आर्थिक सशक्तिकरणको माध्यमबाट महिलाहरूको हक, हित र अधिकारको सम्वद्र्धन गरि समृद्ध समाजको निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौंको भृकुटी मण्डपबाट शुरु भएको ¥यालि शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: