१७ पत्रकार महिला सम्मानित


प्रकाशित मिति :2018-03-08 14:45:28

–महिला खबर–

काठमाडौं । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १७ पत्रकार महिलालाई सम्मान गरिएको छ । पत्रकारिता र महिला आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै पत्रकार महिलालाई सम्मान गरिएको छ ।

एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले पत्रकार महिलाहरुलाई सम्मान गरेको हो ।

काठमाडौंको प्रदर्शनी मार्गमा रहेको ल क्याम्पसमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले उक्त सम्मान प्रदान गरेकी हुन् ।

सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघका सचिव लक्ष्मी पुन, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका विष्ट, सचिव देविका घर्तीमगर, सञ्चारिका समूहका महासचिव कमला पन्थी, कोषाध्यक्ष यशोदा अधिकारी, प्रेस सेन्टर नेपालका सचिव आस्था केसी, क्रियाशील पत्रकार महिलाका महासचिव रामकला खड्कालगायत रहेका छन् । यसैगरी पत्रकारहरू कल्पना भण्डारी, कृति भट्टराई, रुवी रौनियार, देवकी विष्ट, कविता थापा, सञ्चिता घिमिरे, रुपनी जिएम, सिर्जना दुवाल, मञ्जु कार्की र कलाकार नानी थापालाई सम्मेत सम्मान गरिएको छ ।

सो अवसरमा मन्त्री थापाले संविधानले ग्यारेन्टी गरेका महिलाका हक अधिकारलाई कार्यान्वयन गर्नमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले बलात्कारजस्ता जघन्य महिला हिंसाका घटनामा तत्काल उजुरी र सूचना दिन ११४५ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराइएको र त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको बताइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य अञ्जना विशंखेले श्रमिक महिलालाई समान शिक्षा र ज्यालाको अधिकार दिलाउन वामपन्थीको सरकार सफल हुनुपर्ने बताइन् ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका महासचिव ऐन महर लगायतले पत्रकार महिलाको सम्मानले प्रतिकात्मकरुपमा आम श्रमजीवी महिलाको सम्मान हुनेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: