तस्विरमा इतिहास रचेका महिला


प्रकाशित मिति :2018-03-08 17:04:07

–महिला खबर–

ललितपुर । नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद बबरमहल काठमाडौंमा नेपालको सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणमा विशेष योगदान दिने महिलाको फोटो प्रदर्शनी आजबाट सुरु भएको हो ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राखिएको फोटो प्रदर्शनीको रक्षा मन्त्री इश्वर पोखरेलले गरेका छन् । फोटो प्रदर्शनी १४ मार्चसम्म चल्नेछ ।

साँस्कृतिक संग्रहालय नेपालको फोटो प्रदर्शनीमा नेपालका २ सय ५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाहरूको फोटो राखिएको अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिए ।

विशिष्ट महिलाहरूको तस्विर, दस्तावेज, र वस्तुहरूको संकलन तथा संरक्षण गर्ने, विशिष्ट महिलाहरूको प्रतिमा र विशेष दिर्घाहरू स्थापना गर्ने, संकलित फोटो तथा दस्तावेजहरूको सचित्र पुस्तक प्रकाशन गर्ने, जनमानसमा महिलाको सम्मानका लागि सचेतना जागृत गराउने लगायत उद्देश्यले फोटो प्रदर्शनी राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: