–महिला खबर– काठमाडौं । पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्ने तत्व नभएको बताएका छन् ।
एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ को अवसरमा बिहीबार काठमाडौंमा महिला हिंसाविरुद्ध पुरुष पदयात्राको उद्घाटन गर्दै पूर्व प्रधान्यायधिस श्रेष्ठले भने ‘महिला हिंसा गर्ने पुरुषै होईन ।
हामी पुरुष हौं, या होइनौंं विचार गरौं । पुलिङ्ग हौं तर हिंसा गर्ने पुरुष होइन । पुरुष हौं भने हिंसा गर्ने सक्दैन । यदि महिलामाथि हिंसा गर्छ भने त्यो पुरुष नै होइन ।’ उनले थपे ‘हामीले प्रजातन्त्र गणतन्त्र पायौं, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौं । तर महिलामाथि हुने हिंसा घटेको छैन ।’
उनले महिला हिंसा विरुद्धमा पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताए । ‘संविधानले दिएको समानताका हकहरुलाई महिलाहरुले भोग्न सक्ने सम्पूर्ण अवसरहरु हामीले सिर्जना गर्नुपर्दछ । असमानताको व्यवहारलाई हटाउनुपर्छ ।
महिलाले हिंसा भोगेको छ भने त्यसको असर पुरुषले पनि कुनै न कुनै रुपमा भोग्नु परेको हुन्छ । हिंसाका असरबाट पुरुष जोगिनका लागि महिला विरुद्ध हिंसा कुनै पनि हालतमा गर्ने दिनुहुँदैन,’श्रेष्ठले भने ।
पुरुषहरुले महिला माथि हुने हिंसा अन्त्य गर्ने सक्रियरुपमा लाग्नुपर्ने पूर्व प्रधानन्यायाधिस श्रेष्ठ बताउँछन् । ‘महिलामाथि हुने हिंसा अन्त्य गर्नेका लागि पुरुषको सक्रिय सहभागिता हुनुपर्छ ।
आज मात्र होईन, बाचा गरौं हामीले आफ्नो व्यवहारमा अभिन्न अंगको रुपमा ग्रहण गरेर घर, कार्यस्थल,सार्वजनिक स्थानमा हुने हिंसालाई कुनै पनि हालतमा नसहने वातावरणको सिर्जना गरौं,’ श्रेष्ठले भने ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज), फ्रिडम फोरम नेपाल लगायत बीस भन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित सो पुरुष पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीद गेट हुँदै रत्नपार्क स्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।
पदयात्रामा सहभागि पुरुषहरुलाई प्याड समेत वितरण गरिएको थियो । महिनावारी र महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा पुरुषलाई अझै जिम्मेवार बनाउन सहभागी सबै पुरुषलार्ई महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिएको हो ।
<
p style=”text-align: justify;”>पुरुषहरूलाई पनि बराबरी हिस्सेदारी बनाउन र महिला अधिकार मानव अधिकार हो भन्ने कुरामा पुरुषहरूको ऐक्यवद्धताका लागि सन् २०१४ बाट पुरुष पदयात्रा शुरु गरिएको थियो ।
Comment Here!