महिला दिवसकै दिन उपप्रमुख अपमानित


प्रकाशित मिति :2018-03-09 13:56:40

–सर्मिला बुढाथोकी–

दोलखा । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसकै दिन दोलखाको कालिञ्चोक गाउँपालिकाकी उपप्रमुख कालिका पाठक अपमानित भएकी छन् ।

       -उपप्रमुख कालिका पाठक-

गाउँसभाको तयारीको लागि भएको बैठकमा गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीले उपाध्यक्ष पाठकलाई दुव्र्यवहार र हातपातको प्रयास गरेका हुन् ।

कालिञ्चोक गाउँपालिकाको अस्थाई केन्द्र साविक सुनखानी गाविसको सिसागोलाईमा रहेकोमा गाउँपालिका प्रमुख विनकुमार थामीले स्थानिय निकायको कानूनको पालना समेत नगरी साविक लापिलाङ गाविसमा सार्ने निर्णय गरेको र सोहि विषयमा छलफल हुँदा आफूलाई गाउँपालिका प्रमुख थामीले बैठकमा एक मिनेट पनि नबस्नु भन्दै दुव्र्यवहार गरेर बैठक कक्षबाट निकालेको उपप्रमुख पाठकले बताइन् ।

अन्र्तराष्ट्रिय नारी दिवसकै दिन आफूमाथि भएको दुव्र्यवहार निन्दनीय र दण्डनिय रहेको उल्लेख गर्दै उपप्रमुख पाठकले आफ्नो गलत कार्यको लागि प्रमुख थामीले सार्वजनिक रुपमा क्षमायाचन गर्नुपर्ने बताइन् । उनले गाउँपालिका कहाँ राख्ने भन्ने विषयमा गाउँसभाले प्रक्रियागत ढङ्गले निर्णय गर्नुपर्ने समेत बताइन् ।

गाउँपालिका प्रमुख विनकुमार थामीलाई यस विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: