अछाममा ८ मार्चः पुरुष पकाउदै, महिला खादै


प्रकाशित मिति :2018-03-09 15:18:40

–ऋषी अधिकारी–
अछाम । भान्सा सम्हाल्नु सहज छैन भन्ने कुराको महसुस गराउन हिजो बिहीबार अछामको साँफेबगरमा भान्साको जिम्मा पुरुषलाई दिइयो । महिलाहरूले भान्साको कुनै काम गरेनन् । बरु थपीथपी हौसिएर खाना खाए ।

साँफेबगर नगरपालिकामा १०८ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सधैजसो भान्सामा व्यस्त हुने महिलाहरू अलग–अलग समूहमा बसेर पुरुषले बनाएको खानाको स्वाद लिदै थिए ।

भान्सा सम्हाल्नु चानचुने कुरा होइन । महत्वपूर्ण काम हो भन्ने दर्साउनकै लागि खानाको स्वाद लिदै गरेका महिला कोही भन्दै थिए, एकदम मिठो छ त कोही चाहिँ दालमा नुन चर्को छ ।

पाँच स्थानमा चार–चार जनाको समूह बनाएर पुरुषहरूले खाना बनाएका थिए ।

सधैभर महिलाले खाना पकाएर पुरुष लगायत परिवारका सदस्यहरूलाई खुवाईरहदाँ कति समय दिनु पर्छ, कति कार्यभर हुँदो रहेछ र त्यो समयमा उनीहरूलाई सहयोगको कत्तिको अपेक्षा हुँदोरहेछ भन्ने कुरा पुरुषलाई महसुस गरानका लागि यस्तो कार्यक्रम गरिएको साँफेबगर नगरपालिका वडा नं. ४ का हेमराज कुँवरले जानकारी दिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा तीन हजारको संख्यामा महिला र पुरुषको सहभागिता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: